भारतको केआइआइटीका विद्यार्थीले त्रिभुवन विश्वविद्यालयमा अध्ययन गर्न पाउने

काठमाडौं : त्रिभुवन विश्वविद्यालय (टियू) ले भारतको उडिसा राज्यस्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआइआइटी) मा उत्पन्न समस्याका कारण स्वदेश फर्किएका नेपाली विद्यार्थीलाई क्रेडिट ट्रान्सफर गरी अध्ययन जारी राख्न सक्ने व्यवस्था मिलाएको छ।

टियूका शिक्षाध्यक्ष प्रा. डा. खड्ग केसी द्वारा जारी विज्ञप्तिमा, केआइआइटीमा देखिएको समस्याका कारण फर्किएका विद्यार्थीलाई त्रिविको क्रेडिट ट्रान्सफर नीतिअनुसार भर्ना गर्न सकिने जानकारी गराइएको छ।

विज्ञप्तिमा उल्लेख गरिएको छ, “केआइआइटी विश्वविद्यालयमा उत्पन्न परिस्थितिका कारण स्वदेश फर्कन बाध्य भएका नेपाली विद्यार्थीले, त्रिविमा सञ्चालित सम्बन्धित कार्यक्रम र विषयमा अध्ययन जारी राख्न चाहेमा, त्रिविको क्रेडिट ट्रान्सफर नीतिअनुसार भर्ना हुन सक्नेछन्।”

विद्यार्थी तथा अभिभावकलाई थप जानकारीका लागि rectoroffice@tu.edu.np र rector@tu.edu.np मा सम्पर्क गर्न आग्रह गरिएको छ।

केआइआइटीमा नेपाली विद्यार्थीको सुरक्षासम्बन्धी चिन्ता
केही दिनअघि केआइआइटी विश्वविद्यालयको छात्रावासमा नेपाली विद्यार्थी प्रकृति लम्सालको रहस्यमय मृत्यु भएपछि, त्यहाँ अध्ययनरत धेरै नेपाली विद्यार्थीहरूमा असुरक्षाको भावना बढेको थियो। उक्त घटनापछि कतिपय विद्यार्थीहरूले आफ्नो पढाइ अधुरै छोडेर नेपाल फर्कनुपर्ने अवस्था आएको थियो।

यसै कारण, त्रिविले प्रभावित विद्यार्थीहरूलाई आफ्नो अध्ययन निरन्तरता दिनका लागि क्रेडिट ट्रान्सफरको माध्यमबाट सहजीकरण गर्ने निर्णय गरेको हो।

Leave a Reply

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.