अमेरिकाले कागजातविहीन १० नेपालीलाई चार्टर विमानमार्फत फर्काउँदै

A notice in Nepali from Mechinagar Ward No. 10

काठमाडौँ : अमेरिकाले अवैध आप्रवासी निष्कासनलाई तीव्रता दिँदै आधिकारिक कागजात नभएका १० नेपालीलाई बुधबार चार्टर विमानमार्फत काठमाडौं ल्याउने तयारी गरेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतका अनुसार ग्रिफोन एयरको सानो विमान गल्फजेटस्ट्रिमले बुधबार बिहान १० बजे अवतरण गर्ने तालिका रहेको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कार्यभार सम्हालेयता कागजातविहीन आप्रवासीलाई निष्कासन गर्ने नीति अवलम्बन गर्दै आएको थियो। माघ ७ गते दोस्रो कार्यकाल सम्हालेयता नियमित अन्तर्राष्ट्रिय उडानमार्फत कागजातविहीन नेपाली फर्किनेक्रम जारी रहेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अध्यागमन प्रमुख तीर्थराज भट्टराईका अनुसार ट्रम्पको कार्यकाल सुरु भएयता चार्टर विमान प्रयोग गरेर नेपालीलाई फिर्ता पठाउने यो पहिलो पटक हो।

सूचना अनुसार उक्त विमान अमेरिकाको न्यू ह्याम्पशायर राज्यको पोर्टसमाउथ अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल आउन लागेको हो। विमानले अल्बानियाको तिराना अन्तर्राष्ट्रिय विमानस्थलमा त्यहाँका केही नागरिकलाई अवतरण गराएर सोझै काठमाडौं उडान भर्नेछ।

नागरिक उड्डयन प्राधिकरण स्रोतका अनुसार अमेरिकाले यसअघि मंसिर ३० गते पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चार्टर विमानमार्फत ८ जना कागजातविहीन नेपालीलाई फिर्ता पठाएको थियो। बुधबार बिहान काठमाडौंमा अवतरण गर्ने सोही विमान बिहीबार दिउँसो ३ बजे अल्बानिया हुँदै अमेरिकाको न्यू ह्याम्पशायर फर्किने तालिका रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.