काठमाडौं – प्रेस चौतारी नेपालले आफ्नो १०औँ महाधिवेशनको लोगो सार्वजनिक गरेको छ। बिहीबार संगठनको केन्द्रीय कार्यालयमा चौतारी नेपालका अध्यक्ष गणेश बस्नेत र नेकपा एमाले स्थायी कमिटी सदस्य एवं प्रेस चौतारी नेपालका इञ्चार्ज राजेन्द्र गौतमले लोगो सार्वजनिक गर्नुभएको हो।
प्रेस चौतारी नेपालको १०औँ राष्ट्रिय महाधिवेशन कोशी प्रदेशको राजधानी विराटनगरमा आयोजना हुँदैछ। २०८१ चैत १० देखि १२ गतेसम्म सञ्चालन हुने महाधिवेशनको उद्घाटन प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्ने कार्यक्रम रहेको छ।
त्यस्तै, सङ्खुवासभा, तेह्रथुम, र ताप्लेजुङको संगमस्थल गुराँसको राजधानी तिनजुरे–मिल्के-जलजले (टिएमजे), चिया बगान लगायतका प्राकृतिक र ऐतिहासिक धरोहरहरू पनि लोगोमा स्थान दिइएको छ।