सर्लाही । नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड-नेपाल समूहका केन्द्रीय सदस्य एवं सर्लाही इन्चार्ज डाचाराज वाग्लेको मोटरसाइकल दुर्घटनामा परेर ज्यान गएकाे विभिन्न सञ्चार माध्यमहरुले बताएका छन् ।
बरहथबामा भएको नेकपाको मसाल जुलुस सकेर नयाँरोडतर्फ जाँदै गर्दा नयाँरोड–बरहथवा सडकखण्डको सोल्टिमोड नजिक भएको माेटरसाइकल दुर्घटनामा वाग्लेको ज्यान गएकाे सर्लाही प्रहरीले जानकारी दिएको छ ।
बुधबार राति ९ बजेतिर सडकमा लडिरहेको शव र ज १० प ३२०६ नम्बरको मोटरसाइकल देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । हरिपुर नगरपालिका-१ हजारबिघा घर भएका ५१ वर्षका वाग्लेलाई उपचारको लागि बरहथवा प्राथमिक स्वास्थ्य केन्द्र पुर्याउँदा चिकित्सकले मृत घोषित गरेका थिए ।

























