मेचीनगर नगगरपालिकाद्वारा विद्यार्थीहरुलाई कानुनी परामर्श

A notice in Nepali from Mechinagar Ward No. 10

८ चैत्र, मेचीनगर : घरेलु हिंसा, बलात्कार लगायतमा उत्पीडन र शोषणको चपेटामा नपरुन र कानुनका कुराहरु पनि जानुन भन्ने उदेश्यले मेचीनगर नगगरपालिकाले विद्यार्थीहरुलाई कानुनी परामर्श दिएको छ ।
आज नगगरपालिकाको सभाहलमा मेचीनगरका सामुदायिक र संस्थागत विद्यालय कक्षा ११ का छात्रहरुलाई कानुनी सचेतना कार्यक्रम दिएको हो ।
सामुदायिक र संस्थागत विद्यालय कक्षा ११ का करिव १०० जना विद्यार्थीहरुलाई झापाकी अधिवक्ता लक्ष्मी खनालले प्रशिक्षण दिएकी छन् ।
उनले घरेलु हिंसा, यौन हिंसा, बलात्कार लगायतका महिलामाथिमाथि हुने अनेकन घटनाहरुमा सचेत रहन, उत्पीडन र शोसनमा परेका र त्यस्ता घटनाहरुबाट जोगिन, न्याय दिलाउन, संविधान, कानुन, ऐन, कार्यविधि लगायतका विषयमा विद्यार्थीहरुलाई कानुनी सचेतना दिएकी थिइन् ।
कार्यक्रममा मेचीनगर नगरपालिकाकी उपप्रमुख मीना पोखरेल उप्रेतीले गरिवी र अशिक्षाका कारण बालबालिका र किशोरीहरुमा धेरै अप्राकृतिक घटनाहरु घटिरहेको अवस्था रहेकोले विद्यार्थीहरुलाई सचेत गराउन पनि कानुनी परामर्श र उपचारको विधि सिकाइएको बताइन् ।
नगरपालिकाकी न्यायिक समिति संयोजक समेत रहेकी उपप्रमुख उप्रेतीले विद्यार्थीहरुलाई न्याय क्षेत्रमा पनि पहुँच पुराउने उदेश्यले उक्त कार्यक्रम आयोजना गरिएको दावी गरिन् ।
नगर शिक्षा शाखा प्रमुख होमनाथ भण्डारीले समावेशी लोकतन्त्रमा समानतामुलक न्याय दिन विशेष गरेर पिछडिएका समूदाय र वर्गहरुका लागि कानुन निर्माण गरिएको बताए ।
‘मानिसलाई नियन्त्रण गर्न कानुन बनेको हो’, बरिष्ठ प्रशासकीय अधिकृत अनन्तप्रकाश वस्तीले भने–‘कानुनको मुख्य अंग भनेको संविधान हो । कानुन जनताको प्रतिविम्व । कानुन परिवर्तनशील छ । यसले जनताको अधिकारलाई सुनिश्चत गर्छ ।’
११५ औँ अन्तराष्ट्रिय महिला दिवसको अवसरमा नगरपालिकाको महिला तथा बालबालिका शाखाले आयोजना गरेको कानुनी सचेतना कार्यक्रमको अध्यक्षता सामाजिक विकास समिति संयोजक ह्दय राजबंशीले गरेका थिए ।
कार्यक्रमको सहजीकरण महिला विकास अधिकृत जयन्ती खरेलले गरेकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.