इटहरीको आगलागी नियन्त्रणमा

A notice in Nepali from Mechinagar Ward No. 10

१३ चैत्र, इटहरी : इटहरी ६ स्थित सेन्टर प्लाजामा भएको आगलागी पाँच घण्टापछि नियन्त्रणमा आएको छ । बिहान करिब ९ः३० बजे सुरु भएको आगलागी अबेर नियन्त्रणमा आएको हो । आगो निभाउन सुनसरी र मोरंगका विभिन्न पालिका, आयल निगमदेखि एअरपोर्टसम्मका गरी १२ वटा दमकल खटिएका थिए ।

आगलागीका क्रममा भवनको माथिल्लो तलामा फँसेका ८ पुरुष र ३ महिला गरी जम्मा ११ जनाको सफल उद्धार गरिएको सुनसरी प्रहरीले जानकारी दिएको छ । उनीहरुमध्ये बिरामी भएका तीन जनालाई सामान्य उपचार गरिएको थियो । एक जना सुरक्षाकर्मीसमेत घाइते भएका थिए । उनको टाउकोमा चोट लागेको थियो ।

भोजपुरकी २३ वर्षिया मेरिका राई, कैलालीकी २६ वर्षिया लक्ष्मी श्रेष्ठ, सुनसरीका २६ वर्षिय विजय धामी, काभ्रेका विष्णु तामाङ, बंगलादेशी नागरिक एमडी जय, धनुषाका ४४ वर्षिया सञ्जय जैसवाल, विराटनगरकी २४ वर्षिया दिया राय, दियाका श्रीमान २८ वर्षिय विशाल सिंह र रामधुनीका २४ वर्षिय आशिष चौधरीलगायतको उद्धार गरिएको थियो ।

आगो नियन्त्रणका लागि झण्डै सय जना प्रहरी, ७७ जना सशस्त्र प्रहरी, ७५ जना ट्राफिक प्रहरी, ५० जना नेपाली सेना र नेपाल प्रहरी विशेष सुरक्षा गण, दुहबीबाट ५० जना सुरक्षाकर्मी परिचालन गरिएको सुनसरीका प्रहरी प्रमुख सुमन तिम्सिनाले जानकारी दिएका छन् ।

८ तले भवनको पाँचौ तलामा रहेको कार्यालयबाट बिजुली सट भइ आगोलागी भएको बताइएको छ । भवनमा दुई वटा सिनेमाहलहरु पनि भएपनि हलमा भने क्षती नपुगेको उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष जीवन पराजुलीले जानकारी दिए । उनका अनुसार वरण्डा होटल र रेष्टुरेन्ट जलेर नष्ट भएको छ । क्षतिको विस्तृत विवरण सङ्कलन भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.