भागरथी हत्याको दोषीलाई कानूनी दायरामा ल्याउन मानव अधिकार आयोगको आग्रह

A notice in Nepali from Mechinagar Ward No. 10

काठमाडौं ।   राष्ट्रिय मानव अधिकार आयोगले बैतडी घटनाको तत्काल निष्पक्ष र प्रभावकारी अनुसन्धान गर्न गरी दोषीलाई कानूनी दायरामा ल्याउन आग्रह गरेको छ ।

आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले आइतबार विज्ञप्ति सार्वजनिक गर्दै यस्तो आग्रह गरेका हुन् । उनले अनुसन्धानका क्रममा साक्षीको सुरक्षा र प्रमाण सङ्कलनमा विशेष सावधानी अपनाउन आग्रह गरेका छन् । पोखरेलले घटनामा संलग्न दोषीको शीघ्र पहिचान गरी कानूनी दायरामा ल्याउन र पीडित परिवारलाई अन्तरिम राहतसमेत उपलब्ध गराउन सरकारलाई भनेका छन् ।

बैतडीको दोगडा केदार गाउँपालिका–७ घर भई सनातन धर्म मावि खोचलेकमा कक्षा १२ मा अध्ययनरत १९ वर्षीया भागरथी भट्टको यही माघ २१ गते बलात्कारपछि हत्या गरिएको भनिएको घटनाप्रति आयोगको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । प्रदेश कार्यालय धनगढीबाट अनुगमन टोली घटनास्थलतर्फ प्रस्थान गरेको आयोगले जनाएको छ ।

आयोगले जिल्ला प्रहरी कार्यालय बैतडीलाई घटनाको अनुसन्धान तथा पछिल्लो अवस्थाबारे जानकारी माग गरी पत्राचार गरेको छ  । विद्यालयबाट घर फर्कने क्रममा खोचलेक गिरेगाडा ग्रामीण सडकअन्तर्गत लवलेक जङ्गलमा बीभत्स हत्या गरी निजलाई फालिएको अवस्थामा भेटिएको थियो ।

बैतडीलगायत विभिन्न पहाडी तथा हिमाली जिल्लामा विद्यार्थीले धेरै टाढा पैदलै भौगोलिक दूरी पार गरी शिक्षा हासिल गर्नुपर्ने बाध्यता रहेको अवस्थामा शान्तिसुरक्षाको अभावमा हुने यस प्रकारका घटनाले बालबालिकाको बाँच्न पाउने, संरक्षित हुन पाउने र बालविकासको अधिकारमा अवरोध उत्पन्न भई बाल मनोविज्ञानमा नकारात्मक असर परेको देखिएको आयोगले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.