नेपाल स्काउटको ५९९औं आधारभूत तालिम खोटाङमा सुरु, पहाडी जिल्लाका स्थानीय तहको सक्रिय सहभागिता

A notice in Nepali from Mechinagar Ward No. 10

१० जेठ, खोटाङ: नेपाल स्काउट प्रदेश स्काउट कार्यालय विराटनगरको आयोजना तथा सामाजिक विकाश मन्त्रालय कोशी प्रदेशको आर्थिक व्यवस्थापनमा  नेपाल स्काउटको ५९९औं आधारभूत तालिम खोटाङको ऐतिहासिक स्थल हलेसी तुवाचुङ नगरपालिका–१० स्थित सरस्वती माध्यमिक विद्यालयमा सुरु भएको छ। स्काउट अनुशासन, सेवा र नेतृत्व विकासमा केन्द्रित तालिम स्थानीय समुदाय, विद्यालय र जनप्रतिनिधिहरूको उल्लेखनीय सहभागितासहित सुरु भएको हो।

कार्यक्रमको सभाध्यक्षता नेपाल स्काउट कोशी प्रदेश शैक्षिक पद्धति आयुक्त (महिला विभाग) शिवानी देवानले गर्नुभयो। तालिमको उद्घाटन गर्दै हलेसी तुवाचुङ नगरपालिकाकी प्रमुख तथा स्थानीय स्काउट संरक्षक विमला राईले स्काउट आन्दोलनको सामाजिक प्रभावमाथि प्रकाश पार्दै यो अभियानले बालबालिकालाई जिम्मेवार, अनुशासित र सेवामुखी नागरिक बन्न प्रेरित गर्ने बताउनुभयो।

विशिष्ट अतिथिका रूपमा बोल्दै वडा नं. १० का अध्यक्ष अर्जुनकुमार पुरीले युवामा नेतृत्व विकास र समाजप्रतिको चेतनाको विकासमा स्काउटको भूमिका महत्त्वपूर्ण रहेको बताउँदै तालिमप्रति समर्थन जनाउनुभयो।
कार्यक्रममा अन्य विशिष्ट अतिथिहरूमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रुद्रनारायण श्रेष्ठ, कोशी प्रदेश स्काउट परिषद सदस्य यविन्द्र राई, रुपाकोट मझुवागढीका स्काउट संयोजक दिनेश शाक्य, शिक्षक–अभिभावक संघ अध्यक्ष युवक श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो।

तालिमको औचित्य र प्रशिक्षण संरचनाबारे जानकारी दिँदै कोर्स लिडर तथा सहायक राष्ट्रिय प्रशिक्षक नारायण श्रेष्ठले स्काउट मूल्यमान्यतालाई व्यवहारमा उतार्न यस किसिमका तालिमको आवश्यकता औंल्याउनु भयो।

कार्यक्रममा स्काउट काउन्सिलर दुर्गाबहादुर लुइटेल र विपुल लोहारको समेत उपस्थिति रहेको थियो। स्वागत मन्तव्य स्थानीय संयोजक तथा विद्यालयका प्रधानाध्यापक नविन चाम्लिङ राईले दिनु भएको थियो। कार्यक्रमको सञ्चालन सरस्वती स्काउट दलकी स्काउटर स्नेहा राईले गरेकी थिइन्।
नेपाल स्काउट प्रदेश स्काउट कार्यालय विराटनगरको आयोजना तथा सामाजिक विकाश मन्त्रालय कोशी प्रदेशको आर्थिक व्यवस्थापनमा सञ्चालित तालिममा पहाडी जिल्लाका विभिन्न स्थानीय तह अन्तर्गतका सामुदायिक विद्यालयहरुबाट २६ जना शिक्षकहरुको सहभागिता रहेकोछ ।

नेपाल स्काउटले सञ्चालन गर्दै आएको आधारभूत तालिम स्काउटर बन्न चाहने शिक्षार्थी, शिक्षक र युवा स्वयंसेवकलाई लक्षित गर्दै सञ्चालित तालिम कार्यक्रम हो। तालिममा सहभागीतामार्फत नेतृत्व, सामाजिक उत्तरदायित्व, सेवा भाव र संकट व्यवस्थापन सीपमा सुधार हुने अपेक्षा गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.