विराटनगरमा ५५० भन्दा बढी स्काउटको सहभागितामा दुर्व्यसन विरोधी वृहत् र्‍याली सम्पन्न

A notice in Nepali from Mechinagar Ward No. 10

१३ जेठ, विराटनगर : “लागूपदार्थ दुर्व्यसन विरुद्ध स्काउट अभियान” अन्तर्गत विराटनगरमा आज वृहत् सचेतनामूलक र्‍याली सम्पन्न भएको छ। प्रदेश स्काउट कार्यालय, कोशी प्रदेशको आयोजना र आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आर्थिक व्यवस्थापनमा सम्पन्न र्‍यालीमा २० वटा स्काउट दलका ५५० भन्दा बढी स्काउटर, रोभर/रेन्जर र स्काउटहरूको सहभागिता रहेको थियो।

स्थानीय स्काउट कार्यालय, विराटनगरको व्यवस्थापनमा आयोजित र्‍याली शन्सरीमाई स्थानबाट सुरु भई ट्राफिक चोक, जलजला मोड, शनि मन्दिर हुँदै श्री सत्यनारायण आधारभूत विद्यालय परिसरमा पुगेर कोणसभामा परिणत भएको थियो।

कोणसभामा प्रदेश प्रमुख आयुक्त हेमन्त भण्डारीले दुर्व्यसनको असर, त्यसको रोकथाममा स्काउटको भूमिका र युवा पुस्तालाई सकारात्मक ऊर्जा दिने स्काउट अभियानको सन्देश स्पष्ट रूपमा व्यक्त गर्नुभयो। उहाँले स्काउटहरूले समाजमा जिम्मेवार नागरिक निर्माणमा योगदान दिँदै यस्ता अभियानमा सक्रिय हुनु गौरवको कुरा भएको बताउनुभयो।

कोणसभामा राष्ट्रिय सहायक प्रशिक्षक प्रदीप विश्वास, राजाराम घिमिरे, स्थानीय स्काउट पदाधिकारीहरू, स्काउट लिडरहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रमले दुर्व्यसनको असर विरुद्ध जनचेतना फैलाउने मात्र होइन, युवालाई सकारात्मक र सेवामूलक कार्यमा संलग्न गराउने उद्देश्य सफल पार्दै समाजमा चेतनाको नयाँ ऊर्जा थपेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.