संघीय संसदका दुवै सदनको बैठक आज बस्दै, बजेटमाथि छलफल हुने

A notice in Nepali from Mechinagar Ward No. 10

२२ जेठ, काठमाडौँ : संघीय संसदका दुवै सदन, प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक आज (बुधबार) बस्दैछ। आजको बैठकमा सरकारको आगामी आर्थिक वर्षको बजेटमाथि छलफल सुरु हुने प्रमुख कार्यसूची रहेको छ।

प्रतिनिधिसभाको बैठक
प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे बस्नेछ। बैठकमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘आर्थिक वर्ष २०८२/८३ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गर्ने कार्यसूची रहेको छ। अर्थमन्त्रीको वक्तव्यपछि सो प्रस्तावमाथि छलफल प्रारम्भ हुनेछ।

यसैगरी, प्रतिनिधिसभा बैठकमा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘सङ्घीय निजामती सेवा विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८२’ पेस गर्ने कार्यसूची पनि रहेको संसद सचिवालयले जनाएको छ।

राष्ट्रिय सभाको बैठक
राष्ट्रिय सभाको बैठक भने दिउँसो १ः१५ बजे बस्नेछ। यहाँ पनि अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘आर्थिक वर्ष २०८२/८३ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गर्ने र सो प्रस्तावमाथि छलफल सुरु गर्ने कार्यसूची तय भएको छ।

आजबाट सुरु हुने बजेटमाथिको सामान्य छलफलले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटका सिद्धान्तबारे सांसदहरूलाई आफ्नो धारणा राख्ने अवसर प्रदान गर्नेछ। यस छलफलपछि बजेटका विभिन्न शीर्षकहरूमा थप विस्तृत छलफल हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.