काठमाडौं । सरकारले पहिलो चरणमा ४० जिल्लाहरुमा मध्यावधि निर्वाचन गर्ने निर्णय गरेको छ । सोमबार बेलुकी बसेको मन्त्रिपरिषद् बैठकले आगामी वैशाख १७ गते पहिलो चरणमा ४० जिल्लामा निर्वाचन गर्ने निर्णय गरेको हो ।
यस्तै दोस्रो चरणअन्तर्गत वैशाखा २७ गते ३७ जिल्लामा निर्वाचन गर्ने पनि मन्त्रिपरिषद् बैठकले निर्णय गरेको छ । “आउँदो वैशाख १७ गते ४० जिल्ला र २७ गते ३७ जिल्लामा निर्वाचन गर्ने निर्णय भएको छ,” एक मन्त्रीले लेखाजोखासँग भने ।
उनकाअनुसार प्रदेश नम्बर २, गण्डकी, लुम्बिनी र कर्णालीका ४० जिल्लामा पहिलो चरणमा र प्रदेश नम्बर १, वाग्मती र सुदूरपश्चिमका ३७ जिल्लामा दोस्रो चरणमा निर्वाचन गर्ने सरकारको तयारी छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते प्रतिनिधि सभा विघटन गर्दै वैशाख १७ र २७ गते दुई चरणमा मध्यावधि निर्वाचनको मिति घोषणा गरेकी थिइन् ।
























