बुद्धशान्ति-६ को सडक कालोपत्रेका लागि ३ करोड बजेट विनियोजन

A notice in Nepali from Mechinagar Ward No. 10

बुद्धशान्ति, जेठ २१: झापाको बुद्धशान्ति गाउँपालिका-६ मा अवस्थित देउराली-सन्तपुर बिच गाउँ हुँदै ठुटेबर जोड्ने सडक कालोपत्रे गर्नका लागि संघीय सरकारमार्फत आर्थिक वर्ष २०८२/०८३ का लागि ३ करोड रुपैयाँ (३,०४,२४,५०६/-) बजेट विनियोजन भएको छ। यो बुद्धशान्ति गाउँपालिकाको विशेष पहलमा सम्भव भएको हो।

बुधबार, जेठ २१ गते, गाउँपालिका कार्यालयबाट जारी भएको सिफारिस पत्रअनुसार, प्रस्तुत सडकले स्थानीय जनताको स्वास्थ्यमा प्रतिकूल असर पारेको र कालोपत्रे गर्न प्राविधिक लागत अनुमान अनुसार रु. ३ करोड ४ लाख २४ हजार ५ सय ६ रुपैयाँ (रु. ३,०४,२४,५०६/-) आवश्यक पर्ने भएकाले संघीय सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले आर्थिक वर्ष २०८२/०८३ को बजेटमा समावेश गर्ने सिफारिस गरेको हो।

गाउँपालिका अध्यक्ष मनोज प्रसाईंले एक विज्ञप्ति जारी गर्दै यस योजनाका लागि महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुहुने प्रतिनिधिसभा सदस्य माननीय विश्वप्रकाश शर्मा, डा. भानु पोखरेलसहित सम्पूर्णमा हार्दिक आभार व्यक्त गरेका छन्।

यो बजेट विनियोजनले बुद्धशान्ति गाउँपालिका-६ का बासिन्दाहरूलाई सडक सञ्जालमा सहज पहुँच पुग्ने र त्यस क्षेत्रको विकासमा थप टेवा पुग्ने अपेक्षा गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.