नेपाली कांग्रेसको १५औँ महाधिवेशन २०८३ भदौमा हुने, महामन्त्री शर्माद्वारा झापामा घोषणा

A notice in Nepali from Mechinagar Ward No. 10

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीको १५औँ महाधिवेशन वि.सं. २०८३ भदौमा सम्पन्न हुने बताउनुभएको छ। नेपाली कांग्रेस झापाको विस्तारित बैठकलाई सोमबार सम्बोधन गर्दै शर्माले २०८२ फागुनबाट पार्टीका तहगत समितिहरूको अधिवेशन सुरु भई भदौमा महाधिवेशन हुने जानकारी गराउनुभएको हो।

महामन्त्री शर्माले लोकतन्त्रको स्थापनापछि कांग्रेसको नेतृत्वमा भएका विकास निर्माण र समृद्धिको प्रचार गर्न पार्टीले नसकेको तर, अन्य दलले साना उपलब्धिहरूलाई समेत ठूलो आवाजमा प्रस्तुत गर्ने गरेको टिप्पणी गर्नुभयो। लोकतन्त्र आएपछि केही भएन भनेर नकारात्मक टिप्पणी मात्रै नगर्न आग्रह गर्दै उहाँले शिक्षा, स्वास्थ्य, सूचना–सञ्चार एवं सडक सञ्जाल, विद्युत विस्तारमा उल्लेखनीय प्रगति भएको दाबी गर्नुभयो।

झापामा महामन्त्री शर्माको सम्मान र पार्टी कार्यालय आधुनिकीकरण:
बैठकका क्रममा नेपाली कांग्रेस झापाको पुनर्निर्माण भइरहेको पार्टी कार्यालयलाई आधुनिकीकरण गर्न सबैको सहयोग आवश्यक रहेको बताउँदै महामन्त्री शर्माले आफूले सक्दो सहयोग पुर्‍याउने प्रतिबद्धता व्यक्त गर्नुभयो।

विस्तारित बैठकका बीच सगरमाथा आरोहणका क्रममा ७ हजार २ सय मिटरसम्मको यात्रा पूरा गरी फर्कनुभएका शर्मालाई नेपाली कांग्रेस झापाले सम्मान गरेको थियो। लगभग एकमहिना अघि सगरमाथा आरोहणमा निस्कनुभएका शर्मा ७ हजार २ सय मिटरको उचाइमा पुगेर फर्कनुभएको थियो। सगरमाथाको उचाइ ८ हजार ८ सय ४८ मिटर छ भने नेपालतर्फको आधार शिविर ५ हजार ३ सय ६४ मिटर उचाइमा छ। नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवेको सभापतित्वमा सम्पन्न जिल्लाका पदाधिकारी, सदस्य, क्षेत्र, प्रदेशसभा क्षेत्र, गाउँ/नगर सभापतिहरूको विस्तारित बैठकका बीच महामन्त्री शर्मालाई सम्मान गरिएको हो। सम्मानपछि बोल्दै महामन्त्री शर्माले नेपाली कांग्रेस झापाप्रति आभार व्यक्त गर्नुभएको थियो।

असार १५ गते धान दिवस मनाइने:
यसैबीच, बैठकले आगामी असार १५ गते धान दिवस मनाउने निर्णय गरेको छ। नेपाली कांग्रेस झापाका सचिव कृष्ण हुमागाईले जानकारी दिएअनुसार, नेपाल किसान संघको आयोजनामा हल्दिबारी गाउँ समितिका उपसभापति होम चुडालको खेतमा रोपाई गरी धान दिवस मनाइने निर्णय गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.