प्रधानमन्त्री ओली भन्नुहुन्छ: ‘२० वर्षमा विवाह, ३० मा तीन सन्तान’

A notice in Nepali from Mechinagar Ward No. 10

२७ आसार, काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले जनसंख्या वृद्धिदर घट्दो क्रममा रहेको भन्दै युवाहरूलाई विवाह र सन्तान जन्माउने विषयमा सोच्न आग्रह गरेका छन्।

शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको “जनसंख्या नीति सार्वजनिक कार्यक्रम”लाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले २० वर्ष पुग्नेबित्तिकै विवाह गर्न र ३० वर्षको उमेर नपुग्दै तीन सन्तान जन्माउन सुझाव दिए।

“जति बेला प्रजनन क्षमता उच्च हुन्छ, त्यति बेलै बच्चा जन्माउनु उपयुक्त हुन्छ। त्यसपछि ढुक्कले करियर र काममा लाग्न पाइन्छ। छोराछोरी पनि बेलैमा हुर्किन्छन्,” उनले भने, “उनीहरूको प्रगति पनि हेर्न पाइन्छ, नातिनातिनी, पनाति–पनातिनी खेलाउने रहर पनि पूरा हुन्छ।”

कामकाजी बाबुआमालाई आजको समयमा बच्चा हेरचाहमा कठिनाइ हुने अवस्था नभएको उल्लेख गर्दै ओलीले भने, “अब त शिशुलाई सुताउने, बामे सराउने, उल्टाउने, खेलाउने सबैको स्कुल छन्। यस्तो सुविधा हुँदाहुँदै पनि सन्तान नजन्माउने सोच खतरनाक हो।”

उनले विकाससँगै जनसंख्या दर घटिरहेकोप्रति चिन्ता व्यक्त गर्दै यो विषयमा राष्ट्रिय बहस आवश्यक रहेको बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.