३ साउन मेचीनगर : झापा जिल्लामा वितेको असार महिनामा मात्र सवारी दुर्घटनामा परेर एघार जनाको ज्यान गएको छ । वितेको आर्थिक वर्ष २०८१- ८२ (साउन–असार) एकवर्षको अवधिमा जिल्लामा भएका सवारी दुर्घटनामा परेर ९५ जनाले ज्यान गुमाएका छन् ।
सम्भवतः सवैभन्दा बढी सडक दुर्घटनमा परेर असारमहिनामा नै बढीले ज्यान गुमाएको हुन सक्ने बताइएको छ । २४ असारमा झापाको बाह्दशी गाउँपालिका १ खयरडाँगीबारीसथ्त भित्री सडकखण्डमा भएको मोटरसाइकल र स्कुटी एकआपसमा ठोक्किदा एकै घरका तीनसहित चारजनाको ज्यान गएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।
कार्यालय प्रमुख ट्राफिक प्रहरी निरीक्षक गणेश पौडेलका अनुसार चालु आर्थिक वर्ष २०८१- ०८२ मा एकहजार दुईसय ९६ सवटा सवारी साधन दुर्घटना हुँदा एकहजार नौसय ३४ जना सामान्य घाइते हर एकसय ३९ जना गम्भीर घाइते भएका थिए ।

गत आर्थिक वर्ष २०८१- ८२ मा कार्यालयले सवारी नियमनका लागि ७० थान रिफ्लेक्टर बेल्ट, ३० ट्राफिक साइन बोर्ड, ४ म्याजिक लाइट, ३ ब्रेथालाइजर, ७ कम्प्युटर, १ गोप्रो क्यामेरा र १ ल्यापटप प्रयोगमा ल्याएको छ ।
ट्राफिक सुधार अभियानमा विभिन्न स्थानीय तह, विद्यालय, अस्पताल, सञ्चार संस्था र सामुदायिक केन्द्रसमेतको सहकार्य गरिएको ट्राप्रनि पौडेलले बताए । कक्षा ६ देखि १० सम्मका विद्यार्थी, अटो- सिटी चालक, तथा समाजका अन्य पक्षलाई लक्षित गरी गरिएको कार्यक्रमले सडक सुरक्षामा साझा प्रयासको सन्देश दिएको कार्यालय प्रमुख ट्राफिक प्रहरी निरीक्षक पौडेलले बताए ।

५२ हजार बढी चालक कारवाहीमा
जिल्ला ट्राफिक प्रहरी कार्यालय झापा र मातहतका कार्यालयले जिल्लाका अलग अलग स्थानमा छड्के तथा नियमित चेकजाँच गर्ने क्रममा ५२ हजार ८ आठ सय ७५ जना सवारी चालकलाई कारबाही गरेको छ । कारबाहीबाट तीन करोड ९५ लाख ५५ हजार पाँचसय ६० रुपयाँ राजस्व संकलन भएको कार्यालय प्रमुख ट्राफिक प्रहरी निरीक्षक पौडेलले बताए ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी निरीक्षक गणेश पौडेलका अनुसार एक वर्षको अवधिमा
यस्तै मादक पदार्थ सेवन (मापसे) अन्तर्गत तीन हजार एकसय ७४ जना कारवाहीमा परेका छन्, जसबाट १८ लाख रुपैयाँभन्दा बढी जरिवाना संकmलन भएको प्रहरी निरीक्षक पौडेलले जानकारी दिए ।

जिल्लाभर ट्राफिक सचेतनामूलक कार्यक्रम अन्तर्गत विद्यालय तहका आठ हजार चार ६१ विद्यार्थीहरूलाई ट्राफिक नियमसम्बन्धी कक्षा दिइएको छ भने एकहजार दुईसय ५० जनालाई मापसे सचेतना प्रशिक्षण प्रदान गरिएको पौडेलले बताए ।
यसैबीच, ट्राफिक व्यवस्थापनलाई प्रविधिमैत्री बनाउँदै जिल्लामा ट्राफिक भ्वाइलेशन रिकार्ड प्रणाली (टिभिआरयस) र अनलाइन जरिवाना तिर्ने प्रणाली लागू गरिएको उनले जानकारी दिए ।


















