इन्धनको मूल्य बढ्यो : ग्यास १४ सय पुग्यो, पेट्रोल ११२ रुपैयाँ

A notice in Nepali from Mechinagar Ward No. 10

काठमाडौं : नेपाल आयल निगमले इन्धनको मूल्य वृद्धि गरेको छ । भारतीय आयल निगमले मूल्य वृद्धि गरेसँगै नेपाल आयल निगमले पेट्रोलियम पदाथमा मूल्य वृद्धि गरेको हो ।

निगमले बुधबार राति १२ बजेदेखि लागू हुने गरी खाना पकाउने ग्यासको मूल्य २५ रुपैयाँले बढाएर एक हजार चार सय रुपैयाँ पु¥याएको छ ।

निगमले बुधबार विज्ञप्ति जारी गरी पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर दुई रुपैयाँ बढाएको जनाएको छ ।

नयाँ मूल्यअनुसार अब पेट्रोल प्रतिलिटर ११२ रुपैयाँ, डिजेल र मट्टितेलको प्रतिलिटर ९५ रुपैयाँ कायम गरिएको छ ।

निगमले हवाई इन्धनको मूल्य भने यथावत राखेको जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.