सरकारविरुद्ध ‘जेन जेड’ को आन्दोलन: ‘भ्रष्ट्राचार, बेथितिविरुद्ध बोलौँ,’ बालेन शाह सहित निश्चल बस्नेत र अन्य कलाकारहरूको समर्थन

A notice in Nepali from Mechinagar Ward No. 10

काठमाडौँ: सामाजिक सञ्जालमाथिको सरकारी प्रतिबन्धले आक्रोशित बनेको ‘जेन जेड’ पुस्ताले भोलि (भदौ २४ गते) काठमाडौँमा वृहत् प्रदर्शनको घोषणा गरेको छ। माइतीघर मण्डलामा भेला भएर बानेश्वरस्थित एभरेस्ट होटलसम्म मार्चपास गर्ने कार्यक्रमको तालिका सार्वजनिक गरिएको छ। यो आन्दोलनलाई विभिन्न राजनीतिक तथा सेलिब्रिटीहरूले समर्थन जनाएका छन्, जसमा चलचित्र निर्देशक निश्चल बस्नेत र काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह प्रमुख रहेका छन्।

के-के छन् आन्दोलनका मागहरू?
जेन जेड पुस्ताले सामाजिक सञ्जालको प्रतिबन्धलाई सरकारको स्वेच्छाचारी कदम मानेको छ। उनीहरूले मुख्य गरी तीनवटा माग अघि सारेका छन्:

  • बिनासर्त बन्द गरिएका सबै सामाजिक सञ्जालहरू पुनः सक्रिय गरिनुपर्ने।
  • देशको नेतृत्वमा युवा पुस्तालाई अवसर दिन पुराना नेताहरूले प्रधानमन्त्री बन्दिनँ भनेर प्रतिबद्धता व्यक्त गर्नुपर्ने।
  • अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा निष्पक्ष रूपमा आयुक्त नियुक्ति गरिनुपर्ने।

यो आन्दोलनमा कुनै पनि राजनीतिक सम्बोधन हुने छैन, तर आन्दोलनलाई लक्षित गरी लेखिएका गीत तथा कविताहरू भने २८ वर्षभन्दा कम उमेरका स्रष्टाहरूले वाचन गर्न पाउनेछन्।

निश्चल बस्नेत र बालेन शाहको समर्थन
चलचित्र निर्देशक निश्चल बस्नेतले टिकटकमा एक भिडियो सार्वजनिक गर्दै आन्दोलनमा आफ्नो पूर्ण समर्थन रहेको र आफैँ पनि सहभागी हुने बताएका छन्। उनले अहिलेको पुस्ता सरकारको हर्कतबाट आजित भएको र जनताको आवाज दबाउन खोज्नु गलत भएको बताएका छन्। उनले भ्रष्ट्राचार र बेथितिविरुद्ध युवाहरूले आवाज उठाउनुपर्नेमा जोड दिँदै भनेका छन्, ‘हामीले भ्रष्ट्राचारको विरुद्धमा बोल्नैपर्छ। पर्यो भने भिड्नैपर्छ।’ उनले प्रहरी प्रशासनलाई पनि यो आन्दोलन उनीहरूकै भविष्यका लागि भएको भन्दै अप्रिय घटना हुनबाट जोगाइदिन अनुरोध गरेका छन्।

काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले पनि यो आन्दोलनलाई खुलेर समर्थन जनाएका छन्। उनले सामाजिक सञ्जालमा पोस्ट गर्दै भोलिको र्‍याली कुनै राजनीतिक दल वा नेताको स्वार्थका लागि नभई ‘जेन-जीको स्पष्ट र स्वतस्फूर्त आवाज’ भएको बताएका छन्। यद्यपि, उमेरको हदबन्दीका कारण आफू आन्दोलनमा सहभागी हुन नमिल्ने भए पनि आफ्नो पूर्ण समर्थन रहेको उनले प्रस्ट पारेका छन्।

यो आन्दोलनलाई गायकद्वय शिव परियार, एकदेव लिम्बु र अन्य केही कलाकारहरूले पनि समर्थन गरिरहेका छन्। सरकारले सामाजिक सञ्जालमा प्रतिबन्ध लगाएपछि देशभरि बढ्दै गएको आक्रोश र युवा पुस्ताको यो आन्दोलनले आगामी दिनमा सरकारलाई दबाब सिर्जना गर्ने देखिन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.