राजनीतिक निकास खोज्न उच्चस्तरीय बैठक, जेन-जी पुस्ताद्वारा निर्णय अस्वीकार

काठमाडौँ, भदौ २७: मुलुकको वर्तमान राजनीतिक संकट समाधानका लागि राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानसेनापति अशोकराज सिग्देल र पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीबीच जङ्गी अड्डामा उच्चस्तरीय बैठक बस्ने तयारी भएको छ। यो बैठक मुलुकको सङ्कट समाधान र भावी राजनीतिक मार्गचित्रबारे छलफल गर्ने उद्देश्यले आयोजना गरिएको हो।

यद्यपि, यो पहललाई ‘जेन-जी’ पुस्ताले भने अस्वीकार गरेको छ। उनीहरूले देशको भविष्यको निर्णय शीर्ष तहका केही व्यक्तिले मात्र गर्न नपाउने भन्दै यसमा देशभरका युवाहरूको विचार समावेश हुनुपर्ने माग गरेका छन्।

‘जेन-जी’ समूहका एक सदस्यले प्रशासनसँग कुरा गर्दै भने, “देशको नेतृत्व कसले लिने भन्ने विषयमा देशभरका जेन-जीहरूसँग व्यापक छलफल गर्नुपर्छ। अहिलेको अवस्थासम्म ल्याउनमा देशभरकै जेन-जी पुस्ताको बराबर भूमिका रहेको छ, त्यसैले निर्णय प्रक्रियामा उनीहरूको सहभागिता अनिवार्य हुनुपर्छ।”

उनीहरूले नेतृत्वको निर्णय केवल शीर्ष निकायमा सीमित नराखी आफ्नो पुस्ताको विचारलाई पनि समावेश गर्नुपर्ने माग गर्दै औपचारिक बैठकलाई मान्यता नदिने चेतावनी दिएका छन्। यो घटनाक्रमले मुलुकको राजनीतिक भविष्य निर्धारणमा युवा पुस्ताको बढ्दो प्रभाव र उनीहरूको निर्णायक सहभागिताको चाहनालाई स्पष्ट पारेको छ।

Leave a Reply

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.