जेन-जी अगुवा सुदन गुरुङको पत्रकार सम्मेलनमा तनाव, पत्रकारमाथि धम्की

A notice in Nepali from Mechinagar Ward No. 10

काठमाडौँ, भदौ २९: आफूलाई ‘जेन-जी’ समूहको अगुवा बताउँदै आएका ‘हामी नेपाल’ नामक संस्थाका सञ्चालक सुदन गुरुङले आयोजना गरेको पत्रकार सम्मेलनमा तनाव उत्पन्न भएको छ। आइतबार रिपोर्टर्स क्लबमा भएको सम्मेलनमा पत्रकारहरूले सोधेका प्रश्नमा गुरुङ उत्तेजित भएपछि स्थिति भाँडभैलो भएको हो।

राष्ट्रपति कार्यालयमा भएको वार्ताको वृत्तान्त सुनाउने क्रममा पत्रकारहरूले केही जिज्ञासा राखेका थिए। त्यसको जवाफ दिने क्रममा गुरुङले पत्रकारमाथि नै धम्कीपूर्ण भाषा प्रयोग गरेपछि सम्मेलनमा असहज परिस्थिति सिर्जना भएको थियो।

यो घटनाले हालै भएको आन्दोलनको नेतृत्व र त्यसको आधिकारिकताबारे थप प्रश्नहरू खडा गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.