‘जेन-जी’ को अपेक्षा बमोजिम मन्त्रिपरिषद् गठन: ‘क्लिन छवि’ का मन्त्रीद्वारा पदभार ग्रहण

A notice in Nepali from Mechinagar Ward No. 10

काठमाडौँ, भदौ ३०: ‘जेन-जी’ आन्दोलनले उठाएका सुशासन र पारदर्शिताका मागहरूलाई सम्बोधन गर्दै अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो मन्त्रिपरिषद् विस्तार गरेकी छन्। ‘क्लिन छवि’ भएका तीन जना नयाँ मन्त्रीहरूले आज राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ लिएका छन्।

आन्दोलनले क्षतिग्रस्त बनाएको राष्ट्रपति कार्यालयको परिसरमा पाल टाँगेर आयोजना गरिएको समारोहमा पूर्वसचिव रामेश्वर खनाललाई अर्थ मन्त्रालयको जिम्मेवारी दिइएको छ। त्यसैगरी, वरिष्ठ कानुन व्यवसायी ओमप्रकाश अर्यालले गृह र कानुन मन्त्रालयको तथा लोडसेडिङ अन्त्य गरेर लोकप्रियता कमाएका कुलमान घिसिङले ऊर्जा, जलस्रोत, भौतिक पूर्वाधार र सहरी विकास मन्त्रालयको जिम्मेवारी सम्हालेका छन्।

प्रधानमन्त्री कार्कीले यी तीनै जना मन्त्रीको नाम सिफारिस गरेपछि राष्ट्रपतिले उनीहरूलाई आइतबार साँझ नियुक्त गरेका थिए। ‘जेन-जी’ पुस्ताको मागलाई सम्बोधन गर्दै सरकारले आफ्नो पहिलो मन्त्रिपरिषद्मा आर्थिक सुशासन, कानुनी शासन र पूर्वाधार विकासमा दक्ष एवं अनुभवी व्यक्तिहरूलाई स्थान दिएको छ। नवनियुक्त मन्त्रीहरूले आजै आ-आफ्नो मन्त्रालयमा पदभार ग्रहण गर्नेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.