मेचीनगर, ३ फागुन | झापामा सोमबार जंगली हात्तीको आक्रमणमा परी एक महिलाको मृत्यु भएाके छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार भद्रपुर— २ कमलधाप बस्ने करीव ५० वर्षीया सीता दाहालको मृत्यु भएको हो ।
नजीकैको जंगलमा साथीहरुसँग घास काट्न गएका बखत दिउसो साढे १ बजेतिर उनी माथि जंगली हात्तीले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक राकेश थापाले जानकारी दिनुभयो ।
हात्तीको आक्रमणमा परी घाइते भएकी दाहाललाई उपचारकालागि विर्तामोडतर्फ ल्याउदैं गर्दा बाटामा मृत्यु भएको थियो । सीमा प्रहरी चौकी पृथ्वीनगरबाट घटनाका बारेमा जानकारी प्राप्त हुन साथ प्रहरी नायव निरीक्षकको कमाण्डमा टोली घटनास्थल पुगेर घटनास्थल सुरक्षित राखेको थियो । कानुनी प्रक्रियाका लागि जिल्ला प्रहरी कार्यालय झापाबाट प्रहरी निरीक्षकको कमाण्डमा टोली पुगेको छ ।
























