महिला राष्ट्रिय लिग फुटबल: सशस्त्र प्रहरीलाई उपाधि , आर्मी उपविजेता

A notice in Nepali from Mechinagar Ward No. 10

काठमाडौं, फागुन ५ । महिला राष्ट्रिय लिग फुटबलको उपाधि सशस्त्र प्रहरीको एपीएफले जितेको छ ।

सत्प्रतिशत नतिजा हासिल गर्ने एकमात्र सशस्त्रले आफ्नो ११ औं खेलमा बुधबार विराटनगर महानगरपालिकालाई १-० ले पराजित गरेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा सशस्त्रलाई जिताउन अनिता केसीले निर्णायक गोल गरिन् ।

दुई खेलअघि नै च्याम्पियन बनेको सशस्त्रको ११ खेलमा ३३ अंक रहेको छ ।

बुधबारै भएको खेलमा दोस्रो स्थानको त्रिभुवन आर्मी क्लबले नेपाल पुलिस क्लबसँग १÷१ गोलको बराबरी खेलेपछि सशस्त्र दुई खेलअघि नै उपाधि जित्न सफल भएको थियो ।

आर्मीका लागि रश्मी घिसिङ र पुलिसका लागि अमृता जैसीले गोल गरिन् ।

यो खेलसँगै उपविजेतामा समेटिएको दोस्रो स्थानको आर्मीको ११ खेलमा २६ अंक भएको छ ।

लिग सकाइसकेको तेस्रो स्थानको विराटनगरको १६ अंक छ भने चौथो पुलिसको १५ अंक छ ।

लिग शुक्रबार सकिँदै छ । तेस्रो स्थानका लागि भिडन्त रोचक भइरहँदा शुक्रबारको पहिलो खेलमा पुलिसले पुछारको चौदण्डीगढी नगरपालिकासँग खेल्दैछ ।

जारी लिगकै अन्तिम खेलमा सशस्त्रले आर्मीसँग दशरथ रंगशालामा खेल्दैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.