निर्वाचन २०८२: ६० प्रतिशत हाराहारी मतदान, २०७० पछि निरन्तर घट्दो छ मतदाताको सहभागिता

A notice in Nepali from Mechinagar Ward No. 10

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ मा देशभर औसत ६० प्रतिशतको हाराहारीमा मतदान भएको छ। निर्वाचन सम्पन्न भएपश्चात् आयोजित पत्रकार सम्मेलनमा निर्वाचन आयोगले प्रारम्भिक तथ्याङ्क सार्वजनिक गर्दै यस्तो जानकारी दिएको हो।

यसपटकको मतदान प्रतिशत अघिल्लो आम निर्वाचन (२०७९) को तुलनामा केही कम देखिएको छ। २०७९ सालमा ६१.४१ प्रतिशत मत खसेको थियो। निर्वाचन आयोगको तथ्याङ्क अनुसार नेपालको चुनावी इतिहासमा २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा सबैभन्दा बढी ७८.३४ प्रतिशत मत खसेको थियो। त्यसयताका निर्वाचनहरूमा मतदाताको सहभागिता निरन्तर घट्दो क्रममा देखिएको छ।

नेपालमा भएका विभिन्न निर्वाचनका ऐतिहासिक मतदान प्रतिशतहरू यस्ता छन्:

  • २०१५ साल: ४४.३०%

  • २०४८ साल: ६५.१५%

  • २०५१ साल: ६१.८६%

  • २०५६ साल: ६५.७९%

  • २०६४ साल (पहिलो संविधानसभा): ६१.७०%

  • २०७० साल (दोस्रो संविधानसभा): ७८.३४%

  • २०७४ साल: ६८.६७%

  • २०७९ साल: ६१.४१%

  • २०८२ साल: ६०% (प्रारम्भिक अनुमान)

पछिल्ला वर्षहरूमा वैदेशिक रोजगारीका कारण युवाहरूको अनुपस्थिति र कतिपय क्षेत्रमा देखिएको राजनीतिक वितृष्णाका कारण मतदान प्रतिशत घट्दै गएको विश्लेषण गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.