प्रत्यक्षतर्फको अन्तिम नतिजा २४ घण्टाभित्रै सार्वजनिक गर्ने निर्वाचन आयोगको तयारी

A notice in Nepali from Mechinagar Ward No. 10

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनको मतदान सम्पन्न भएसँगै निर्वाचन आयोगले मतगणनाको तयारीलाई तीव्र बनाएको छ। देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा रहेका निर्वाचन अधिकृतको कार्यालयमा मतगणना गर्ने व्यवस्था मिलाइएको छ।

आयोगका अनुसार सम्बन्धित निर्वाचन क्षेत्रका सबै मतदानस्थलबाट मतपेटिकाहरू सङ्कलन भइसकेपछि सर्वदलीय बैठक बसेर गणना कार्य सुरु गरिनेछ। यसपटक आयोगले प्रत्यक्ष (पहिलो हुने निर्वाचित हुने) प्रणालीतर्फको मतपरिणाम गणना सुरु भएको २४ घण्टाभित्रै सार्वजनिक गर्ने लक्ष्य राखेको छ।

प्रत्यक्षतर्फको सम्पूर्ण नतिजा घोषणा भएपछि मात्र समानुपातिक प्रणालीतर्फको मतगणना सुरु गरिने आयोगले जनाएको छ। मतगणना स्थलहरूमा सुरक्षा व्यवस्था कडा पारिएको छ भने गणनालाई पारदर्शी र छिटो बनाउन आवश्यक जनशक्ति परिचालन गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.