काठमाडौँमा रास्वपाको सानदार सुरुवात: क्षेत्र नं १ मा रञ्जु र ८ मा विराजभक्तको जित निश्चित

A notice in Nepali from Mechinagar Ward No. 10

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ को मतगणना जारी रहँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले राजधानीमा अभूतपूर्व नतिजा निकाल्ने देखिएको छ। पछिल्लो विवरण अनुसार काठमाडौँका दुई महत्वपूर्ण निर्वाचन क्षेत्रमा रास्वपाका उम्मेदवारहरूको जित निश्चित भएको छ।

काठमाडौँ निर्वाचन क्षेत्र नम्बर १ बाट रास्वपाकी उम्मेदवार रञ्जु दर्शनाले फराकिलो मतान्तरसहित आफ्नो जित सुनिश्चित गरेकी छिन्। प्राप्त सूचना अनुसार, अब गन्न बाँकी रहेको मतभन्दा रञ्जुको अग्रता बढी भइसकेकाले उनको आधिकारिक घोषणा हुन मात्र बाँकी छ। यस क्षेत्रमा २०७९ को निर्वाचनमा नेपाली कांग्रेसका प्रकाशमान सिंह मात्र १२५ मतको झिनो अन्तरले विजयी भएका थिए, तर यसपटक रास्वपाले कांग्रेसको सो गढ भत्काएको छ।

त्यस्तै, काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ८ मा रास्वपाका विराजभक्त श्रेष्ठ पुनः विजयी हुने निश्चित भएको छ। २०७९ को निर्वाचनमा पनि १०,११२ मत ल्याएर सोही क्षेत्रबाट विजयी भएका श्रेष्ठले यसपटक आफ्नो विरासत जोगाउँदै मतान्तर अझ फराकिलो बनाएका छन्। निवर्तमान सांसद समेत रहेका श्रेष्ठले सुरुवाती चरणदेखि नै आफ्ना निकटतम प्रतिस्पर्धीलाई धेरै हजार मतले पछि पारेका हुन्।

काठमाडौँका अन्य क्षेत्रहरूमा पनि रास्वपाका उम्मेदवारहरूले बलियो अग्रता लिइरहेका छन्, जसले राजधानीको राजनीतिमा पुराना दलहरूका लागि ठूलो चुनौती खडा गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.