सवै गठबन्धनका उम्मेद्वार विजयी

A notice in Nepali from Mechinagar Ward No. 10

बाहुनडाँगी, ९ फागुन | आगामी दुईवर्षे कार्यकालका लागि मानव हात्ती द्वन्द व्यवस्थापन तथा वातावरण संरक्षण मञ्च मेचीनगरको नेतृत्व चयनका लागि शनिबार भएको निर्वाचनमा सवै नेपाली काँग्रेस, प्रचण्ड माधव—समूहको नेकपा तथा जनता समाजवादी पार्टी नेपालको संयुक्त प्यानलका उम्मेद्वार विजय भएका छन् ।

निर्वाचनको आइतबार सम्पन्न मत परिणाम अनुसार महासचिवमा विमल तामाङ ६४२ मत प्राप्त गदैं विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी चन्द्रप्रसाद ‐सन्तोष) सुवेदीले ५२८ मत प्राप्त गर्नुभएको छ ।

यसैगरी यसैगरी, ६ जना खुला सदस्यतर्फ राजकुमार घिमिरे ७२९, सुमन थापा ७५१, नित्यानन्द चौलागाईँ ७७१, तेजबहादुर भुजेल ७४६, चुडामणी आचार्य ७४४ र मतिबहादुर दजी ७५१ मत प्राप्त गदैं विजयी हुनुभएको छ । उहाँहर सवै नेपाली काँग्रेस तथा प्रचण्ड माधव—समूहको नेकपा तथा जनता समाजवादी पार्टी नेपालको संयुक्त प्यानलका उम्मेद्वार हुनुहुन्छ । राप्रपाका पराजित उम्म्ेद्वार खेमराज पुरीले ३२६ र शेखर वस्नेतले ३७१ मत प्राप्त गर्नुभएको छ ।

यता चारजना महिला सदस्यका लागि भएको निर्वाचनमा कोपिला लावती ७६१, सुष्मा सुवेदी ७८५, पिंकी प्रधान ८८१ र बबिता थापा ८०० मत प्राप्त गदैं विजयी बन्नु भएको छ । पराजित राधा नेपालले ३७५ मत प्राप्त गर्नुभएको छ । कुल २ हजार ७ सय ४९ मतदाता रहेको मञ्चमा १ हजार २ सय ८१ जनाले मतदान गरेको निर्वाचन समितिले जनाएको छ ।

कुल १५ पद मध्ये शनिबार महासचिव, खुला सदस्य र महिला सदस्यको मात्र निर्वाचन भएको निर्वाचन समिति संयोजक पोषक दर्जीले जानकारी दिनुभयो । निर्वाचनमा नेपाली काँग्रेस तथा प्रचण्ड माधव—समूहको नेकपा तथा जनता समाजवादी पार्टी नेपालको संयुक्त प्यानल र राप्रपाका उम्मेद्वारबीच चुनावी प्रतिस्पर्धा भएको छ । कुल १५ पदमध्ये अध्यक्ष, उपाध्यक्ष, सचिव कोषाध्यक्ष पदमा निर्विरोध निर्वाचित भएका छन् । यी पदमा अध्यक्षतर्फ हरिप्रसाद उप्रेती, उपाध्यक्षमा धनकुमार राई, सचिवमा राजु सोम्वेङ र कोषाध्यक्षमा नीता थापा निर्विरोध निर्वाचित हुनुभएको संयोजक दर्जीले जानकारी दिनुभयो । उहाँहरु सवै नेपाली काँग्रेस तथा प्रचण्ड—माधव समूह नेकपा तथा जनता समाजवादी पार्टीको गठबन्धन संयुक्त प्यानलका उम्मेद्वार हुनुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.