प्रदेश प्रमुख स्काउट तथा सामाजिक विकास मन्त्री रामप्रसाद महतोज्यूको दीक्षान्त सम्पन्न

A notice in Nepali from Mechinagar Ward No. 10

७ वैशाख, विराटनगर : प्रदेश स्काउट कार्यालय, कोशी प्रदेशको आयोजनामा नेपाल स्काउट, कोशी प्रदेशका प्रदेश प्रमुख स्काउट तथा सामाजिक विकास मन्त्री माननीय रामप्रसाद महतोज्यूको दीक्षान्त एक भव्य समारोहका बीच सम्पन्न भएको छ।

सामाजिक विकास मन्त्रालयको सभाहलमा आयोजित उक्त कार्यक्रममा प्रदेश प्रमुख आयुक्त हेमन्त भण्डारीज्यूले दीक्षान्त प्रदान गर्नुभएको थियो।

समारोहमा नेपाल स्काउटका राष्ट्रिय आयुक्तज्यूहरू, राष्ट्रिय परिषद् सदस्यज्यूहरू, नेपाल स्काउटका निर्देशक अर्पण कार्कीज्यू, प्रदेश आयुक्तज्यूहरू, प्रदेश परिषद् सदस्यज्यूहरू, विभिन्न संघ–संस्थाका प्रमुख तथा पदाधिकारीज्यूहरू, स्थानीय प्रमुख आयुक्तज्यूहरू तथा स्काउट लिडरहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रमको सञ्चालन प्रदेश अधिकृत नवराज घिमिरेज्यूले गर्नुभएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.