महेश बस्नेतको दावीः ओलीको पक्षमा ११५ जना सांसद छन्

A notice in Nepali from Mechinagar Ward No. 10

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहका नेता महेश बस्नेतले अबको प्रधानमन्त्री पनि केपी शर्मा ओली नै हुने दावी गरेका छन् ।

आफुहरुसँग ११५ जना सांसदहरु रहेको उल्लेख गर्दै उनले अबको प्रधानमन्त्री पनि आली नै भएको दावी गरेका हुन् ।

बुधवारबाट ओली पक्षमा ९२ जना सांसद पुग्ने ठोकुवा गर्दै केही दिनभित्रै यो संख्या बढेर ११५ जना पुग्ने बस्नेताको दाबी छ। उनले अब नेकपा एक भएर जाने सम्भावना कम रहेको भन्दै एकताको लागि धेरै जटिलता रहेको टिप्पणी गरे।

नेता बस्नेतले सर्वोच्च अदालतको प्रतिनिधिसभा पुनर्स्थापनाको फैसला आएपछि ढंग पुर्‍याइएन भने फेरि राजनीतिक अस्थिरता र विकृति सुरु हुने भनेर गरिएको प्रक्षेपण क्रमशः पुष्टि हुँदै गएको बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.