एसिड पीडित मुस्कान खातुनलाई अमेरिकी अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कार

A notice in Nepali from Mechinagar Ward No. 10

काठमाडौं : एसिड पीडित मुस्कान खातुनलाई अन्तर्राष्ट्रिय साहसी महिला(आइडब्लुओसी) पुरस्कार प्रदान गरिने भएको छ। नेपालस्थित अमेरिकी मिसनको पहलमा एसिड पीडित खातुनलाई उक्त सम्मान प्रदान गर्न लागिएको हो। मुस्कान यो सम्मान पाउने पहिलो व्यक्ति हुन्।

अमेरिकी प्रथम महिला जिल बाइडन र विदेशमन्त्री टोनी ब्लिङ्कनले मार्च ८ मा भर्चुअल कार्यक्रममार्फत मुस्कानसहित अन्यलाई उक्त पुरस्कार प्रदान गर्ने कार्यक्रम रहेको छ।

२०७६ भदौ २० गते छपकैया घरबाट बिहान साढे ६ बजे स्कुल गइरहेका अवस्थामा वीरगन्ज–२ छपकैयाकै छिमेकी दुई युवकहरुले मुस्कानमाथि तेजाब प्रहार गरी सिकिस्त घाइते बनाएका थिए। मुस्कानलाई अमेरिकी तथा नेपाली डाक्टरहरुको टोलीले मुस्कानको प्लास्टिक सर्जरी गरेको थियो। वीरगंजको छपकैंया निवासी मुस्कानको कीर्तिपुर बर्न अस्पतालमा उपचार गरिएको थियो।

आइडब्ल्युओसी हाल १५ औं वर्षमा प्रवेश गरेको र उसले प्रायजसो ठुलो व्यक्तिगत जोखिम र त्यागमा शान्ति, न्याय, मानव अधिकार, लैङ्गिक समानता, र महिला सशक्तीकरणको वकालत गर्ने असाधारण साहस र नेतृत्व प्रदर्शन गरेका विश्वभरका महिलाको सम्मान गर्ने गरेको अमेरिकी दूतावासले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.