धुलाबारी, ८ चैत । शिवसतासी नगरपालिका झिलझिले झापा झापाको मेचीनगरमा जारी चौँथो प्रदेश न १ स्तरीय रोलिङ च्यालेन्ज नकआउट फुटवल प्रतियोगिताको सेमिफाईनल प्रवेश गरेको छ ।
धुलावारी माविको खेलमैदानमा प्रतियोगिताको आइतबार सम्पन्न खेलमा प्रतिस्पर्धी पथ्री शनिश्चरे फुटबल क्लब मोरङमाथि सडन डेथमा ५—४ गोलको जित निकाल्दै शिवसतक्षी नगरपालिका झिलझिलेले प्रतियोगिताको सेमिफाइनलको यात्रा तय गरेको हो ।
पहिलो हालको ३० औँ मिनेटमा पथ्री शनिश्चरेका एलोन राईले पहिलो गोल गरेका थिए । खेललाई बराबरीमा पुर्याउनका लागि झिलझिलेले निक्कै प्रयास गरे पनि उस्का पटक पटकका पोष्ट प्रहार पथ्रीका गोलरक्षक अरुण बस्नेतले विफल पारेका थिए । मध्यान्त्रपछि नयाँ रणनीतिका साथ मैदान प्रवेश गरेको शिवसताक्षी झिलझिलेका जनक कोइरालाले खेलको ७३ औँ मिनेटमा गोल गदैं खेललाई बराबरीमा पुर्याएका थिए ।
निर्धारति ९० मिनेटको खेलमा दुवै टिमले १—१ गोलको बराबरी खेले पछि खेलको निर्णय टाइव्रेकरबाट गरिएको थियो । शिवसताक्षीका जनक कोइराला, राजकुमार राई, आरोहण थापा, युसुफ थपलिया र सञ्जोग मगरले १—१ गोल गरेका थिए भने । पुरन भण्डारीको प्रहार बाहिरिएको थियो । विकास लामाको प्रहार पोष्टमा ठोक्किएर असफल भएको थियो ।
उता पथ्री शनिश्चरेका प्रकाश भुजेल, विवश गुरुङ, विवेक पौडेल,कासिम राई राईको प्रहार गोलमा परिणत भएाके थियो । विक्रम लिम्बु र एलोन राईको प्रहारलाई शिवसताक्षीका गोलरक्षक विवेक राईले सजिलै बचाउ गरेका थिए । उनी खेलको म्यान अफ दि म्याच समेत घोषित भए । उनले नगद ५ हजार रुपैयाँ प्राप्त गरेका छन् ।
भोलीको खेल आयोजक रोलिङ क्लब धुलावारी झापा र सशस्त्र प्रहरीको विभागिय टोली एपिएफ फुटबल क्लब पकली सुनसरीबीच हुने आयोजक क्लबका अध्यक्ष नोवेम्बर विक्रम नेम्वाङले बताउनुभयो ।