Wednesday, January 27, 2021
meromechinagar@gmail.com
समाचार भेटिएन
सबै हेर्नुहोस्
Mero Mechinagar
Advertisement
  • गृह
  • समाचार
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मनोरन्जन
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • अन्तर्वार्ता / विचार / समीक्षा
  • अन्य
    • कृषि
    • शिक्षा
    • सूचना / प्रविधि
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • साहित्य / कला
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • अपराध / कानून
    • फोटो / भिडियो
Mero Mechinagar
  • गृह
  • समाचार
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मनोरन्जन
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • अन्तर्वार्ता / विचार / समीक्षा
  • अन्य
    • कृषि
    • शिक्षा
    • सूचना / प्रविधि
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • साहित्य / कला
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • अपराध / कानून
    • फोटो / भिडियो
Mero Mechinagar
समाचार भेटिएन
सबै हेर्नुहोस्
गृह राष्ट्रिय

असोज १ बाट लामो दुरीका गाडी चलाउने घोषणा

मेरो मेचीनगर डेस्कमेरो मेचीनगर डेस्क
September 11, 2020
0
1 min read
in राष्ट्रिय
0
सेयर
24
भ्यू
Share on FacebookShare on TwitterShare on WhatsApp
असोज १ बाट लामो दुरीका गाडी चलाउने घोषणा

यातायात व्यवसायीले सरकारले अनुमति नदिए विद्रोह गरेर भए पनि आगामी असोज १ गतेदेखि लामो रुटका सार्वजनिक यातायात सञ्चालन गर्ने घोषणा गरेका छन्। व्यवसायीले यातायात मजदुरहरु रोगले भन्दा पनि भोकले मर्ने अवस्था आएको भन्दै असोज १ गतेदेखि लामो रुटका सार्वजनिक यातायात सञ्चालन गर्ने चेतावनी दिएका हुन्।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अगुवाइमा तीनवटै यातायात मजदुर संगठनका प्रतिनिधिले यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमाललाई ध्यानाकर्षण गराउँदै लामो रुटका सार्वजनिक यातायात सञ्चालन गर्ने जानकारी गराएका छन्।

नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भीमज्वाला राईले सरकारले निषेधाज्ञाको विकल्प नखोजेको खण्डमा असोज १ गतेदेखि विद्रोह गरेर भए पनि सार्वजनिक सवारी साधन चलाउने चेतावनी दिए। ‘६ महिनादेखि यातायात मजदुर भोकभोकै छन्। अब मजदुर रोगले भन्दा भोकले मर्ने अवस्था आइसक्यो,’ उनले भने, ‘अब सरकारले निषेधाज्ञाको विकल्प नखोजेमा यातायात मजदुरले विद्रोह गरेर सवारी साधन सडकमा गुडाउनेछन्।’

अध्यक्ष राईले लकडाउनले ११ लाखभन्दा धेरै यातायात मजदुर बेरोजगार बनेको बताए। ‘६ महिनादेखि यातायात यातायात ठप्प छ। मजदुरले सुको कमाउन सकेका छैनन्,’ उनले भने, ‘अब पनि सरकारले निषेधाज्ञाको विकल्प नखोजे विद्रोह गरेर सडकमा आउनेछौं।’

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले ६ महिनादेखि सार्वजनिक यातायात ठप्प हुँदा मजदुर भोकभोकै मर्ने अवस्था आएकाले असोज १ गतेदेखि छोटो तथा लामो दुरीका सार्वजनिक यातायात खोल्ने विषयमा यातायात व्यवस्था विभागलाई ध्याकर्षण गराएको बताए। ‘लकडाउनले हाम्रो रोजीरोटी नै छिनेको छ। यस्तै अवस्था रहिरहे यातायात मजदुर रोगले भन्दा भोकले मर्नेछन्,’ उनले भने, ‘रहरले भन्दा पनि बाध्यताले सार्वजनिक यातायात खोल्नुपर्ने बेला भइसक्यो।’ महासंघले सरकारले तोकेका सम्पूर्ण स्वास्थ्य मापदण्ड तथा सामाजिक दुरी कायम गरेर सार्वजनिक यातायात सञ्चालन गर्ने जनाएको छ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अगुवाइमा तीनवटै यातायात मजदुर संगठनका प्रतिनिधिले यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमाललाई ध्यानाकर्षण गराउँदै लामो रुटका सार्वजनिक यातायात सञ्चालन गर्ने जानकारी गराएका छन्।    

कोभिड १९ का कारण सरकारले चैत ११ देखि मुलुकमा लकडाउन गरेपछि यसले सबैजसो क्षेत्रमा धेरथोर असर गरेको छ। लकडाउनबाट धेरै प्रभावित क्षेत्रमध्ये एक १० खर्ब लगानी भएको यात्रुबाहक सार्वजनिक यातायात क्षेत्र हो। लामो रुटका यातायात व्यवसायीले गत चैत १० गतेदेखि एक सुको आम्दानी गर्न पाएका छैनन्। सरकारले लामो दुरीका सवारी साधन खोल्ने भाका बारम्बार सार्दै आइरहेको छ। यसअघि सरकारले भदौ १ गतेदेखि लामो दुरीका सवारी साधन सञ्चालन गर्ने निर्णय गरेको थियो। त्यो निर्णयलाई फेरि कोरोना संक्रमण बढेको भन्दै भदौ १६ गते पु¥यायो। त्यसपछि फेरि भदौ मसान्तसम्म गतेसम्म लामो दुरीका सवारी साधन सञ्चालनमा रोक लगाएको छ। अध्यक्ष कर्माचार्यले यातायात व्यवसायीले १० खर्ब लगानीमध्ये ७० प्रतिशत बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएर सार्वजनिक यातायात सञ्चालन गर्दै आएको दाबी गरे। हाल मुलुकभर चार लाखभन्दा धेरै सार्वजनिक यातायातका साधन चल्छन्।

तीमध्ये मालबाहक सवारी साधन र ट्रिपरबाहेक करिब तीन लाख यात्रुबाहक छन्। लकडाउनले सबैभन्दा प्रभावित तीन लाख यात्रुबाहक सवारी साधन छन्। यात्रुबाहक सवारी साधनमा तीनपांग्रे अटो रिक्सा, टेम्पो, माइक्रोबस, मिनिबस, हायस, ठूला बस लगायत यात्रुबाहक सार्वजनिक यातायात पर्छन्। महासंघका अनुसार सार्वजनिक यातायात सञ्चालन गर्ने सवारी धनीले मासिक सरदर १० हजारदेखि डेढ लाख रुपैयाँसम्म बैंकको किस्ता तिर्दै आइरहेका थिए।

सरकारले गत असार २६ गतेदेखि काठमाडौं उपत्यकासहित जिल्लाभित्र मात्रै सार्वजनिक यातायात सञ्चालन गर्ने निर्णय गरेको थियो। सो निर्णय अनुसार उपत्यकासहित केही जिल्लाभित्र यातायात सञ्चालन भए पनि कोरोनाको संक्रमण बढेको भन्दै फेरि रोक लगाइएको छ।

अध्यक्ष राईले सरकारले कोराना महामारीकै बीचमा सार्वजनिक यातायात खोल्दा सामाजिक दुरी र स्वास्थ्य सर्तकता अपनाएर सञ्चालन गर्ने बताए। यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालले यातायात व्यवसायीले असोज १ गतेदेखि सरकारले अनुमति नदिए पनि यातायात सञ्चालन गर्ने ध्यानाकर्षण गराएको बताए।

‘विभागको एकल निर्णयले मात्रै लामो सार्वजनिक यातायात खोल्ने निर्णय गर्न सक्दैन। सिसिएमसी तथा मन्त्रिपरिषद्को बैठकले जे निर्णय गर्छ सोही अनुसार कार्यान्वयन गर्ने हो,’ उनले भने, ‘विभागले सामाजिक दुरी तथा स्वास्थ्य सतर्कता अपनाएर लामो दुरीका सवारी साधन खोल्नको लागि सिफारिस गरे पनि अहिलेसम्म कार्यान्वयन भएको छैन।’

महानिर्देशक हमाल यसअघि सरकारले असोज १ गतेदेखि लामो दुरीका सवारी साधन खोल्ने निर्णय गरेको बताउँछन्। हमालले विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार सार्वजनिक यातायात निर्देशिका, २०७७ तयार पारिसकेको बताए। उनले सरकारले अनुमति दिएको खण्डमा सार्वजनिक यातायात सञ्चालन गर्न सकिने बताए। विभागले तयार पारेको मस्यौदामा सवारी साधनमा एक सिट छोडेर यात्रु राख्नुपर्ने, चालक तथा सहचालकले पिपिई लगाउनुपर्ने, थर्मल गनबाट तापक्रम नापेर मात्रै यात्रु चढाउनुपर्ने, यात्रु चढ्दा र ओर्लिंदा सामाजिक दुरी कायम गर्नुपर्ने, ट्राफिक प्रहरीले नियमित जाँच गर्नुपर्ने, यात्रुले अनिवार्य रुपमा मास्क लगाउनुपर्ने, सवारी साधनलाई प्रत्येकपटक डिसइन्फेक्सन गराउनुपर्ने लगायत मापदण्डमा प्रस्ताव गरिएको छ।

– नागरिक न्युज

0
सेयर
24
भ्यू
Share on FacebookShare on TwitterShare on WhatsApp
पुर्व समाचार

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ सय २२ पुग्यो

अर्को समाचार

नेपालमा एकैदिन अहिलेसम्मकै धेरै १ हजार ४५४ जनामा काेराेना सङ्क्रमण

सम्बन्धित समाचारहरु

कोरोना खोपबारे सर्वसाधारणबाट आउन सक्ने सामान्य जिज्ञाशाहरू
कोरोना अपडेट

कोरोना खोपबारे सर्वसाधारणबाट आउन सक्ने सामान्य जिज्ञाशाहरू

सुजन प्रधान
January 27, 2021
पूर्वराष्ट्रपति यादव भन्छन् : संसद विघटन नसोचेको घटना भयो
मुख्य समाचार

पूर्वराष्ट्रपति यादव भन्छन् : संसद विघटन नसोचेको घटना भयो

मेरो मेचीनगर डेस्क
January 27, 2021
प्रदेश १ मा खोप अभियान : चिकित्सक भन्छन् ‘सुरक्षित छ’
कोरोना अपडेट

प्रदेश १ मा खोप अभियान : चिकित्सक भन्छन् ‘सुरक्षित छ’

मेरो मेचीनगर डेस्क
January 27, 2021
सरकारबाट बैज्ञानिक वन खारेज
राष्ट्रिय

सरकारबाट बैज्ञानिक वन खारेज

मेरो मेचीनगर डेस्क
January 27, 2021
0 0 vote
Article Rating
Subscribe
Connect with
Login
I allow to create an account
When you login first time using a Social Login button, we collect your account public profile information shared by Social Login provider, based on your privacy settings. We also get your email address to automatically create an account for you in our website. Once your account is created, you'll be logged-in to this account.
DisagreeAgree
Notify of
Connect with
I allow to create an account
When you login first time using a Social Login button, we collect your account public profile information shared by Social Login provider, based on your privacy settings. We also get your email address to automatically create an account for you in our website. Once your account is created, you'll be logged-in to this account.
DisagreeAgree
Please login to comment
0 Comments
Inline Feedbacks
View all comments
 
 
 
 

हामीलाई फेसबुकमा लाईक गर्नुहोस

हामीलाई फेसबुकमा लाईक गर्नुहोस

लोकप्रिय समाचारहरु

  • भारतमा मार्चदेखि साना दरका पुराना नोट नचल्ने, नेपालमा के प्रभाव पर्ला ?
    भारतमा मार्चदेखि साना दरका पुराना नोट नचल्ने, नेपालमा के प्रभाव पर्ला ?
  • बिटुबि अभियान : सबै व्यवसायी एकसाथ अघि बढ्न तयार, १ नम्बर र गण्डकी प्रदेशबीच छलफल
    बिटुबि अभियान : सबै व्यवसायी एकसाथ अघि बढ्न तयार, १ नम्बर र गण्डकी प्रदेशबीच छलफल
  • मेची उद्योग बाणिज्य संघ  र वालिङ उद्योग वाणिज्य संघ गण्डकी प्रदेश बीच भंगिनी सम्बन्ध कायम
    मेची उद्योग बाणिज्य संघ र वालिङ उद्योग वाणिज्य संघ गण्डकी प्रदेश बीच भंगिनी सम्बन्ध कायम
  • महान्यायाधिवक्ता अग्निप्रसाद खरेलको पहलमा डोमालाल रंगशाला रहेको जग्गा गुठीकै नाममा फिर्ता
    महान्यायाधिवक्ता अग्निप्रसाद खरेलको पहलमा डोमालाल रंगशाला रहेको जग्गा गुठीकै नाममा फिर्ता
  • एउटा डिभाइसबाट अब एक पटकमात्रै सवारी लाइसेन्स आवेदन दिन पाइने
    एउटा डिभाइसबाट अब एक पटकमात्रै सवारी लाइसेन्स आवेदन दिन पाइने
अर्को समाचार
अर्को जिल्लामा जाँदा आफ्नै खर्चमा १४ दिन क्वारेन्टिनमा बस्नु पर्ने

नेपालमा एकैदिन अहिलेसम्मकै धेरै १ हजार ४५४ जनामा काेराेना सङ्क्रमण

Mero Mechinagar

प्रकाशन : हब डिजिटल मिडिया प्रा. लि.
कम्पनी दर्ता नम्बर : २४२८७८/०७७/०७८
स्थायी लेखा नम्बर : ६०९८०६२१६
सूचना विभाग दर्ता नम्बर : २२०३/०७७/०७८
प्रेस काउन्सिल सूचिकरण नम्बर : ५९०/०७७/०७८

संचालक समूह :

अध्यक्ष : उदयकुमार श्रेष्ठ
प्रवन्ध निर्देशक : सुजन प्रधान
प्रधान सम्पादक : चेतनाथ गाैतम
सम्पादक : लक्ष्मीप्रसाद उप्रेती

सम्पर्क :

मेचीनगर नगरपालिका
झापा, प्रदेश -१, नेपाल
फोन नं : ९८५२६६२२६५
इमेल : meromechinagar@gmail.com

वर्गीकृत समाचार

  • Uncategorized
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता / विचार / समीक्षा
  • अपराध / कानून
  • अर्थ / वाणिज्य
  • कृषि
  • कोरोना अपडेट
  • खेलकुद
  • धर्म / संस्कृति
  • पर्यटन / भ्रमण
  • फोटो / भिडीयो
  • मनोरन्जन
  • मुख्य समाचार
  • राजनीति
  • राष्ट्रिय
  • शिक्षा
  • समाज
  • साहित्य / कला
  • सूचना / प्रविधि
  • स्थानीय समाचार
  • स्वास्थ्य / जीवन शैली

Mero Mechinagar © 2020 | Powered by: The Hub

समाचार भेटिएन
सबै हेर्नुहोस्
  • गृह
  • समाचार
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मनोरन्जन
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • अन्तर्वार्ता / विचार / समीक्षा
  • अन्य
    • कृषि
    • शिक्षा
    • सूचना / प्रविधि
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • साहित्य / कला
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • अपराध / कानून
    • फोटो / भिडियो

Mero Mechinagar © 2020 | Powered by: The Hub

wpDiscuz