‘आन्तरिक उडान रोक्ने नेपाल मात्रै’

काठमाडौँ | आन्तरिक वायुसेवा सञ्चालकहरुको छाता संगठन (वायुसेवा सञ्चालक संघ) ले कोभिड–१९ को संक्रमण जोखिमको कारण देखाउँदै आन्तरिक उडान रोक्ने संसारभरमै नेपालमात्रै एउटा मुलुकमात्र बाँकी रहेको जनाएको छ ।

संघका प्रवक्ता योगराज कँडेलले हाल संसारभर स्वास्थ्य प्रोटोकल पालना गर्दै आन्तरिक उडान सुचारु भइसक्दा पनि नेपालमा अझै खुला नभइसकेको बताए ।

पटक–पटक आन्तरिक उडान सूचारुको निर्णय हुने फेरि स्थगन हुने क्रम चलिरहेका बेला संघले मंगलबार पुन: उडान सूचारुका लागि दबाबमूलक विज्ञप्ती जारी गर्दै ५ महिनादेखि बन्द रहेको नियमित आन्तरिक उडानलाई असोज १ बाट जसरी पनि सूचारु गराउनु पर्ने माग राखेको छ ।

संघका अध्यक्ष रामेश्वर थापाले मंगलबार पर्यटनमन्त्री योगेश भट्टराई र नागरिक उड्डयन प्राधिकरणलाई लेखेको पत्रले, ‘असोज १ गतेदेखि आन्तरिक उडान सुचारु गराउन माग राख्दै अन्य मुलुकहरुबाट पनि जहाजको यात्रा संक्रमणरहित र सुरक्षित हुने प्रमाणित भइसको’ दाबी गरेको छ । उडान सञ्चालन नहुँदा व्यवसायीहरुको विभिन्न शीर्षकमा व्ययभार बढिरहेको जनाएका छन् ।

‘संसारमा यति लामो लकडाउन र आन्तरिक उडान रोक्ने हाम्रो देशमात्रै हो,’ बुद्ध एयरका प्रबन्ध निर्देशक वीरेन्द्र बहादुर बस्नेतले कान्तिपुरसँग भने, ‘संसारभर सप्पै सेक्टर स्वास्थ्य मापदण्ड अनुसार खुला भइसकेका छन् । हाम्रो सरकारले यातायात क्षेत्र रोकेर अर्थतन्त्रलाई झन अप्ठ्यारो अवस्थामा पुर्‍याउँदै बेरोजगारी र गरिबी बढाइरहेको छ ।’

हालै पर्यटन मन्त्री भट्टराईले र पर्यटन व्यवसायीहरुबीच भएको वेभिनारमा असोजदेखि हिमाली तथा दुर्गम भेगबाट उडान सुचारु गर्ने प्रतिबद्धता जनाएका थिए ।

पर्यटन मन्त्रीको भनाइले व्यवसायीहरुले आफूहरु उत्साही भएको जनाउँदै प्राधिकरणले जारी गरेको कोभिड –१९ सुरक्षा निर्देशिका अनुसार तालिम र पूर्व अभ्यास पनि भइरहेको जनाएका छन् ।

यसअघि नागरिक उड्डयन प्राधिकरणले भदौ १ गतेदेखि २५ प्रतिशत अन्तर्राष्ट्रिय र ३३ प्रतिशत आन्तरिक उडान सञ्चालन गर्ने तयारी गरेको थियो । तर, संक्रमण र मृत्यु दर बढेको कारण देखाउँदै सरकारले आन्तरिक उडानमा चैत ११ गतेदेखि लगाइएको उडान प्रतिबन्ध यथावत नै राखेको छ भने भदौ १६ देखि सशर्त केहि अन्तर्राष्ट्रिय उडान खुला गरिसकेको छ ।

साभार: कान्तिपुर

Leave a Reply

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

मेचीनगर नगरपालिकाको सूचना

ताजा समाचार

रोहिग्ंया मुसलमानहरुको निगरानीका लागि पूर्वी नाकामा थप सुरक्षकर्मी परिचालन

२० मंसिर, मेचीनगर  : बंगलादेशबाट भारत हुँदैं रोहिग्ंया मुसलमानहरु नेपाल प्रवेश गर्न लागेको भन्दैं पूर्वी नेपालको सीमा क्षेत्रमा सतर्कता बढाइएसँगै...

थप समाचार Details

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.