Thursday, June 24, 2021
- बिज्ञापन -
गृह राष्ट्रियराहदानी वितरण कार्य फेरि सुरु भयो, अब पोखरा र झापाबाट पनि पाइने

राहदानी वितरण कार्य फेरि सुरु भयो, अब पोखरा र झापाबाट पनि पाइने

काठमाडौं | अध्यागमन विभागबाट विदेशी नागरिकलाई दिइँदै आएको राहदानीसम्बन्धी सेवा एक महिनापछि पुनः सञ्चालन भएको छ । विभागमा कार्यरत कर्मचारीमा कोरोना भाइरस संक्रमण पुष्टि भएसँगै गत साउन २६ गतेदेखि बन्द भएको सेवा आइतबारदेखि फेरि सुरु भएको हो । विभागले गत चैत ८ गतेसम्म राहदानी नियमित भएका विदेशी पर्यटकहरु नेपालमा अन्तर्राष्ट्रिय उडान सुरु भएको मितिले १५ दिनभित्र स्वदेश फर्किन चाहेमा निःशुल्क राहदानी उपलब्ध गराउने भएको छ ।

अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालय र सिमानाका अध्यागमन कार्यालयबाट निःशुल्क राहदानी नियमित गरी प्रस्थान गराइने विभागका निर्देशक रामचन्द्र तिवारीले जानकारी दिए । पर्यटक राहदानी वा अन्य राहदानी रुपान्तरण गर्न चाहनेहरुको १५ दिनभित्र जरिवाना र विलम्ब शुल्क नलिई निःशुल्क राहदानी नवीकरण हुनेछ ।

अध्यागमन विभाग कालिकास्थानबाट मात्र हुँदै आएको गैरआवासीय नेपाली तथा गैरपर्यटक नाता राहदानी अब झापा र पोखराबाट समेत वितरण हुने भएको छ । अध्यागमन कार्यालय काँकारभिट्टा झापा र पोखरा कास्कीबाट राहदानी तथा नवीकरणसम्बन्धी सेवा प्रवाह हुने निर्देशक तिवारीले जनाकारी दिए ।

 

सम्बन्धित अन्य समाचारहरु

Leave a Reply

- बिज्ञापन -

लोकप्रिय समाचारहरु