काँकरभिट्टा, बैशाख २ । नेपाल भारत सिमाको पुर्वी नाका काँकरभिट्टा र भद्रपुर आजदेखि ३ दिनका बन्द गरिएको छ । भारतको पंश्चीम बंगालमा निर्वाचन भएका कारण आजदेखि नाका ७२ घण्टाका लागि पूर्ण रुपमा बन्द गरिएको हो। पंश्चीम बंगालमा अप्रिल १७ तारिक अर्थात बैशाख ४ गते शनिबार निर्वाचन भएकाले बैशाख ४ गते बेलुकासम्मका लागि पुर्वी नाका बन्द भएको हो ।
सो समयमा यातायात तथा मानिसलाई आवतजावत गर्न पूर्ण रोक लगाइएको छ।

























