नाका सहजभएसँगै राजस्व असुलीमा समेत वृद्घि

A notice in Nepali from Mechinagar Ward No. 10

मेचीनगर, ५ बैशाख | चालु आर्थिक वर्ष २०७७/०७८ को नौ महिनामा मेची भन्सार कार्यालय काँकरभिट्टाले राजस्व असुली लक्ष्यको तुलनामा १४ प्रतिशतले वृद्घि गरेको छ । प्रमुख भन्सार अधिकृत ध्रुवराज विश्वकर्माका अनुसार साउनदेखि चैतमहिनासम्म राजस्व असुली लक्ष्य ८ अर्व, ५२ करोड ३० लाख २२ हजार रुपैयाँ भएपनि ९ अर्व ७२ करोड ८४ लाख ३७ हजार अथवा १ सय दशमलव १४ प्रतिशत राजस्व संकलन गरेको छ । जुन रकम लक्ष्यको तुलनमा १४ प्रतिशतले वृद्घि हो ।

अब कार्यालयले चालु आर्थिक वर्ष २०७७/०७८ को वार्षिक लक्ष्य पुरा गर्नका लागि २ अर्व ३६ करोड १९ लाख ४२ हजार रुपैयाँ राजस्व असुली गर्नुपर्नेहुन्छ । नेपाल सरकार अर्थ मन्त्रालय भन्सार विभागले मेची भन्सार कार्यालय काँकरभिट्टालाई १२ अर्व ९ करोड ३ लाख ७९ हजार रुपैयाँ बार्षिक लक्ष्य दिइएको छ ।

बैशाख जेठ र असारमहिनामा २ अर्व ३६ करोड १९ लाख ४२ हजार रुपैयाँ राजस्व असुली गर्न सकेमात्र वर्षिक लक्ष्य पुरा हुने प्रमुख भन्सार अधिकृत विश्वकर्माको भनाई छ । वार्षिक राजस्व लक्ष्यको तुलनामा नौ महिना ८० प्रतिशत रकम संकलन भएकाले बाकी २० प्रतिशत सजिलै संकलन हुने कार्यालयले विश्वास लिइएको छ । भन्सार विभागले कार्यालयलाई बैशाखमा १ अर्व २८ करोड ६ लाख ५० हजार, जेठमा १ अर्व २८ करोड ९० लाख ३० हजार र असारमा ९९ करोड ७६ लाख ७४ हजार रुपैयाँ राजस्व असुली गर्नुपर्ने लक्ष्य तोकेको छ ।

चैतमामात्र कार्यालयले लक्ष्यको तुलनामा ५४ प्रतिशत बढी राजस्व संकलन गरेको छ । ९९ करोड ३१ लाख ९९ हजार रुपैयाँ राजस्व असुली गर्नुपर्ने लक्ष्य भएपनि एकमहिनामा कार्यालयले १ अर्व ५२ करोड ७२ लाख ६९ हजार अथवा १ सय दशमलव ५४ प्रतिशत राजस्व असुली गरेको छ । यो हिसावले कार्यालयले वार्षिक राजस्व सजिलैं पुर्याउने कार्यालयको भनाई छ ।

चालु आर्थिक वर्ष २०७७/०७८ को शुरु महिनादेखि अहिलेसम्म आइपुग्दा राजस्व असुली स्थिर थिएन् । साउनमहिनामा लक्ष्यको तुलनामा प्रगति गर्न नसकेको कार्यालयले भदौ महिनामा लक्ष्यको तुलनामा राजस्व असुलीमा १६ प्रतिशत वृद्घि गरेको थियो । साउनमा ६४ करोड ३४ लाख ५४ हजार रुपैयाँ राजस्व संकलन गर्नुपर्ने भएपनि ५१ करोड ८ लाख ३५ हजार अथवा ७९ प्रतिशत मात्र प्रगति गरेको थियो । भदौमा कार्यालयले ८१ करोड ४२ लाख ४३ हजार रुपैयाँ वा १ सय १६ प्रतिशत राजस्व संकलन गर्न कार्यालय सफल भएको थियो । त्यो महिना भन्सार विभागले मेची भन्सार कार्यालय काँकरभिट्टालाई ७० करोड १६ लाख ३६ हजार रुपैयाँ राजस्व असुली को लक्ष्य दिएको थियो । संकलित राजस्व लक्ष्यको तुलनामा १६ प्रतिशतले वृद्घि हो ।

भारतका विभिन्न प्रान्तमा नोवल कोरोना भाइरस कोभिड १९ को संक्रमण बढेसँगै पश्चिम बंगाल सरकारले अघिल्लो वर्षकोे चैत २६ गतेदेखि पानीट्याँकीस्थित रानीगञ्ज नाका ठप्प पार्दा नेपाल प्रवेश गर्ने भारतलगायत तेस्रोमुलुकबाट विभिन्न सामान बोकेका मालवहाक सवारी साधनको आवतजावत शुन्य हुँदा आयात निर्यात नराम्ररी प्रभावित भएको थियो । त्यसको प्रत्यक्ष असर राजस्व संकलनमा परेको भन्सार अधिकारीहरुको भनाई छ । पछिल्लो समय नाका केहीहदसम्म सहज भएका कारण आयात—निर्यातमा केही खुकुलो भएकाले हरेक महिना राजस्व संकलनमा समेत वृद्घि भएको हो ।

भदौको तुलनामा असोजमहिनामा कार्यालयको राजस्व असुली केही कमि भएपनि मासीक लक्ष्यको तुलनामा ८ प्रतिशतले वृद्घि गरेको छ । असोज महिनामा १ अर्ब ३ करोड ३४ लाख ३९ हजार रुपैयाँ राजस्व असुली गर्नुपर्ने भएपनि १ अर्ब १२ करोड ४५ हजार रुपैयाँ वा १ सय दशमलव ८ प्रतिशत राजस्व असुली गरेको थियो । पछिल्लो केही महिनायता काँकरभिट्टानाका हुदैं पेट्रोलियम पदार्थ कोइला आयात हुन थालेपछि राजस्व समेत संकलन हुन थालेको छ । कार्यालयको मुख्यः राजस्व पूर्वी नाकाबाट आयात हुने कोइला, पेट्रोलियम पदार्थ क्लिङ्कर तथा वंगलादेशबाट नेपाल आउने पेयपदार्थले धानेको छ । बंगलालेशबाट आयातित पेयपदार्थ, खाद्य वस्तु तथा कोइला र पेट्रोलियम पदार्थ लगायतले कुल राजस्वको ४०/४० प्रतिशत र बाँकी २० प्रतिशत अन्यले ओगटेको भन्सार अधिकारीहरु बताउँछन् ।

कार्तिकमा ९४ करोड २० लाख ७८ हजार राजस्व लक्ष्य भएकोमा ९५ करोड ७५ लाख ८२ हजार वा १ सय दशमलव २ प्रतिशत, मंसिरमा ९५ करोड ४७ लाख ९० हजार रुपैयाँ लक्ष्यमा १ अर्ब १३ करोड ४ लाख २० हजार रुपैयाँ वा १ सय दशमलव १८ प्रतिशत, पुसमा १ अर्ब ७३ करोड ५८ लाख लक्ष्यमा १ अर्ब १५ करोड २० लाख २५ हजार वा १ सय दशमलव १४ प्रतिशत, माघमा १ अर्ब १२ करोड ४४ लाख १ हजार लक्ष्यमा १ अर्ब २३ करोड २४ लाख २४ हजार रुपैयाँ वा १ सय दशमलव १० प्रतिशत, फागुनमा १ अर्ब १ज्ञ करोड ७६ लाख ६७ हजार रुपैयाँ लक्ष्यमा १ अर्व २९ करोड ९० लाख २२ हजार वा १ सय दशमलव १६ प्रतिशत राजस्व असुली गरेको कार्यालयको तथ्याङ्मा छ ।

पूर्वीनाका हुँदैं अलैची, चिया, अम्लिसो, अदुवा, मुसुरो दाल बन्दाकोपी, जस्तापाता, जडिबुटीआदि मुख्यः निर्यात हुने तथा गार्मेन्ट, फलफूल, सिमेन्टका लागि आवश्यक कच्चा पदार्थ, कोइला, आलु, पेट्रोलियम पदार्थ मुख्यः गरी आयात हुने मालवस्तु हुन् । यी मालवस्तुसहित खाना पकाउने एलपी ग्यास, मट्टितेल तयारी पोशाक, सुपारी, सिमेन्ट क्लिङ्गकर, हवाई स्प्रीड, सुती कपडा, खरानी स्ल्याग, चामल तथा कनिका, रंगीन टेलिभिजन, ग्लेज टाईल, लुब्रिकेटीङ्ग आयल मोबिल, मोटरका व्याट्री, प्लाष्टिकका प्याक गर्ने ट्युबहरु लगायत बिभिन्न सामाग्री भारत तथा तेश्रोमुलुकबाट पैठारी भई आउने गरेका छन् भने मुसुरो दाल, भेनीयर सिट, चोकर भुस, आलस, चिया, खयर कत्था, जडीबुडी फलामे संरचनाहरु, अदुवा, सुठो, सुंगुर, बेतताड, प्लाउड, क्राफ्ट पेपर, लगायतका बस्तुहरु नेपालबाट भारत तथा समुन्द्रपार निकाशी हुने गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.