मेचीनगर सहलगानी खानेपानी तथा सरसफाई आयोजनामा त्रिपक्षीय सम्झौता

A notice in Nepali from Mechinagar Ward No. 10

काँकरभिट्टा, १५ बैशाख | मेचीनगर सहलगानी खानेपानी तथा सरसफाई आयोजना कार्यान्वयन गर्न मेचीनगर खानेपानी उपभोक्ता तथा सरसफाई संस्था, मेचीनगर नगरपालिका प्रदेश नम्बर १ झापा र संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना विराटनगरबीच बुधबार त्रिपक्षीय सम्झौता भएको छ । मेचीनगरक्षेत्रभित्र काँकरभिट्टा, धुलावारी तथा चारआली तीन ठुला खानेपानी सरसफाई तथा उपभोक्ता संस्था रहेका छन् । यी सँगै अन्य साना आयोजना पनि छन् ।

नगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा नगरपालिकाका तर्फबाट नगरप्रमुख विमल आचार्य, उपप्रमुख मीना पोखरेल उप्रेती प्रमुख प्रशासकीय अधिकृत खेमराज ओझा, संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना विराटनगरकातर्फबाट आयोजना प्रमुख माधवप्रसाद अधिकारी इञ्जिनियर सुजित महतो र उपभोक्ता संस्थाकोतर्फबाट काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका अध्यक्ष तथा मेचीनगर सहलगानी खानेपानी तथा सरसफाई आयोजनाका अध्यक्ष राजकुमार पराजुली, धुलावारी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका अध्यक्ष तथा आयोजनाका सचिव अजय घिमिरे र चारआली खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका अध्यक्ष तथा आयोजनाका उपाध्यक्ष लालबहादुर थेवेले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको छ ।

सहलागानी अवधारणा कुल लागतको नेपाल सरकारको ७० र उपभोक्ता संस्थाको ३० प्रतिशतरहने छ । यस आयोजनाबाट नगरभरिका ४ हजार ७० घरधूरकिा २२ हजार ८ सय १२ जनालाभान्वित हुने सम्झौता पत्रमा उल्लेख छ । यस आयोजनाबाट मेचीनगरका २,३,४, १०,११,१३ र १४ नम्बर वडाहरुमा सेवा विस्तार हुने बताईएको छ । आर्थिक वर्ष २०७७/२०७८ बाटै शुरु हुने र २०७९/२०८० मा सम्पन्न हुने आयोजनाको कुल लागत इष्टिमेट ३६ करोड,९१ लाख ९३ हजार ७ सय २९ रुपैयाँ ७६ पैसा रहेको छ । कुल लागत इष्टिमेटको ३६ करोड,९१ लाख ९३ हजार ७ सय २९ रुपैयाँ ७६ पैसा मध्ये खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको तर्फबाट हुने ३० प्रतिशत सहकार्य हुनेछ ।

आयोजना डिजाइन लागत इष्टिमेट तयार गरी स्वीकृत गर्ने गराउने, आयोजनाको गूरुयोजना तयार गर्ने र सोहि अनुसार बहुवर्षीय ठेक्कापटटाको कागजात तयार गरेर स्वीकृत गराउने, गुरुयोजना अनुसार आयोजनााके कुल ७० प्रतिशत रकम नेपाल सरकार मार्फत उपलब्ध गराउन आवश्यकता अनुसार कार्यक्रमहरु तयार गरी पेश गर्ने, नेपाल सरकारको प्रचलित सार्वजनिक खरिद ऐन,नियमावली एव्रम निर्देशिकाहरु समेतको परिधिभित्र रही ठेक्कापट्टाको बन्दबस्त गरी खरिद गरी वयवस्थापन तथा निर्माण कार्य गर्ने गराउनेलगायतका कामहरु संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना विराटनगरले गर्नुपर्ने शर्त छ ।

नगरपालिका क्षेत्राधिकार भित्र रहेका खानेपानी तथा सरसफाई आयोजनाहरुको सेवा सञ्चालन नियमनको अग्रणी भूमिका निर्वाह गर्ने, सहलगानी आयोजना कार्यान्वयनको लागि आयोजना व्यवस्थापन कार्यालय संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना विराटनगर, नगर किास कोष, स्थानीय तह, खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाबीच हुने सहमति पत्रमा हस्ताक्षर गरी सहलगानी आयोजनालाई सम्पन्न गर्ने प्रतिवद्घता जनाउने काममा सहयोग गर्ने, उपभोक्ता संस्थालाई नगर विकास कोषबाट ऋण उपलब्ध गराउन उपयुक्त बाताबरण बनाई दिन सहजकर्ताको भूमिका निर्वाह गर्नेलगायतका काम मेचीनगर नगरपालिकाले गर्नुपर्ने हुन्छ । यसैगरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले समेत विभिन्न शर्तहर पालना गर्नुपर्ने हुन्छ ।

कार्यक्रमको अध्यक्षता गदैं नगर प्रमुख आचार्यले नेपालको संविधान २०७२ मा हरेक नागरिकले सफा, शुद्घ र स्वच्छ पानी पिउने उस्को नैसर्गिक अधिकार स्पष्ट भएकाले अब मेचीनगर नगरपालिकाले आफ्ना नगरवासीलाई स्वच्छ, सफा र शुद्घ पानी उपलब्ध गराउने बताउनुभयो । यस आयोजनाले समेत यसमा निक्कै टेवा पुग्ने भन्दैं संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना विराटनगरलाई धन्यवाद ज्ञापन गदैं निर्धारति समयमै आयोजना सम्पन्न हुने कुरामा विश्वास व्यक्त गर्नुभयो । कार्यक्रमको सञ्चालन नगरपालिकाका वरिष्ठ प्रशासकीय अधिकृत अनन्तप्रकाश वस्तीले गर्नुभएको थियो । कार्यक्रममा मेचीनगर ४ नमबर वडाका वडाध्यक्ष नवीन वराल, काँकरभिट्टा, धुलावारी तथा चारआली खानेपानी सरसफाई तथा उपभोक्ता संस्थाका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.