अन्तर्राष्ट्रिय सीमानाका असोज ३० गतेसम्म बन्द

काठमाडौँ — सरकारले कोभिड १९ को जोखिम न्यूनिकरणका लागि बन्द गर्दै आएको अन्तर्राष्ट्रिय सीमा नाका असोज ३० गतेसम्म जारी राख्ने निर्णय गरेको छ । तर भारत र चीनमा समस्यामा परेका नेपालीलाई प्रवेशका लागि थप ३ नाकामा आवागमन स्वीकृति दिइएको छ ।

सोमबार बसेको मन्त्रिपरिद् बैठकले अन्तर्राष्ट्रिय सीमा नाकाका सबै विन्दु र खुला सीमानाको जुनसुकै स्थानबाट असोज ३० सम्म प्रवेश निषेध गरिएको सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए । कोरोना संक्रमण रोक्न सरकारले अन्तर्राष्ट्रिय सीमा बन्द गर्ने निर्णय यही भदौ ३१ सम्म कायम थियो ।

मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता ज्ञवालीले सबै अन्तर्राष्ट्रिय नाकाहरुमा प्रवेश निषेध गरिए पनि समस्यामा परेका नगारिकलाई निश्चित नाकाबाट आउन दिने बताए । उनले यसअघि छिमेकी देशहरुबाट १० वटा नाकाबाट समस्यामा परेका नेपालीलाई प्रवेश दिइएकोमा सोमबारको बैठकले थप ३ नाकालाई आवागमनलाई स्वीकृति दिइएको जानकारी दिए ।

प्रवक्ता ज्ञवालीले भारतमा समस्यामा परेका नागरिकलाई थप दुई नाकाबाट प्रवेशका लागि स्वीकृति दिने निर्णय गरिएको जानकारी दिए । उनले इलामको पशुपतिनगर र दार्चुलाको खलंगा पुलघाँट नाकाबाट समेत अब नेपालीहरु स्वेद फर्कन पाउने बताए । यसअघि भारतबाट १० नाकाबाट प्रवेश अनुमति थियो ।

मन्त्री ज्ञवालीले चीनतर्फ रसुवागढी प्रवेश विन्दुबाट समेत समस्यामा परेका नेपालीलाई आउन दिने गरी मन्त्रिपरिषद्ले निर्णय गरेको जानकारी दिए ।

Leave a Reply

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

मेचीनगर नगरपालिकाको सूचना

ताजा समाचार

तोडफोड, आगजनी र लुटपाटमा संलग्नलाई कारबाही, पीडितलाई क्षतिपूर्तिको माग

२० कात्तिक, मेचीनगर  : नेकपा (एमाले) बिर्तामोड नगर कमिटीले जेन—जी आन्दोलनका क्रममा भएको तोडफोड, आगजनी र लुटपाटमा संलग्नलाई कारबाहीको माग...

थप समाचार Details

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.