काठमाडौं,वैशाख ३०। दोस्रो क्वालिफायर खेलमा काठमाडौं रेजर्सले ललितपुर सिटी एफसीलाई ३-० गोल अन्तरले हराउँदै नेपाल सुपर लिग( एनएसएल)फुटबलमा फाइनल पुगेको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहीबार भएको प्रतिस्पर्धात्मक खेलमा काठमाडौंको तर्फबाट मेसौके ओलेमुले खेलको १५ र २२ औं मिनेटमा गोल गरे । त्यसैगरि खेलको ५९ औं मिनेटमा काठमाडौंको तर्फबाट स्टेफन बिनोङले गोल गर्दै जीत सुनिश्चित पारे ।
खेलमा उत्कृष्ट प्रदर्शन गरे बापत काठमाडौका आशिष गुरुङ ” इमर्जिङ प्लेयर अफ दि म्याच ” बन्दै नगद दस हजार प्राप्त गरे । त्यसैगरी काठमाडौँकै मेसौके “सुपर प्लेयर अफ दि म्याच “बन्दै नगद २५ हजार प्राप्त गरे ।
उपाधिका आगामी ज्येष्ठ १ गते शनिबार दशरथ रंगशालामा साँझ साढे ५ बजे काठमाडौँ रेजर्स र धनगढी एफसी भिड्नेछन्। नेपालमा आयोजित पहिलो फ्रेन्चाइज फुटबल प्रतियोगितामा ७ टोली सहभागी भएका थिए। प्रतियोगिताको विजेताले ३५ लाख नगदसहित ट्रफी हात पार्नेछ।























