सुनसरीमा सेना परिचालन गरि लकडाउन कडा बनाइँदै

A notice in Nepali from Mechinagar Ward No. 10

इटहरी,जेठ १ / जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लाका प्रमुख सहरहरूमा सेना परिचालन गर्ने निर्देशन दिएसँगै जिल्ला सुरक्षा समन्वय समितिको निर्णय अनुसार निषेधाज्ञा कडाइ गर्न सेना परिचालन गरिएको छ ।

कोभिड-१९ का सङ्क्रमितहरूको सङ्ख्या अत्यधिक बढेपछि जेठ १५ गतेसम्म सुनसरी पूर्ण निषेधाज्ञा जारी गरिएको छ । निषेधाज्ञाको समयमा अत्यावश्यक कामबाहेक घरबाट बाहिर ननिस्किन आग्रह गर्दै सेना परिचालन गरिएको हो।

सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेश ढकालले निषेधाज्ञालाई थप व्यवस्थित गर्न र सचेतता फैल्याउन सेना परिचालन गरिएको बताए । उनका अनुसार जिल्ला सदरमुकाम इनरुवा, धरान र इटहरी उपमहानगरपालिका क्षेत्र आसपास सेनाले गस्ती गर्ने र स्थानीयलाई सम्झाउने कार्य गर्नेछ।

पूर्ण निषेधाज्ञाको समयमा कसैले उल्लङ्घन गरेको सूचना पाए सङ्क्रमण ऐन २०२० अनुसार पक्राउ गरी कारवाही गर्ने प्रहरीलाई निर्देशनसमेत दिइएको उनले बताए ।

यस बिचमा मेडिकल, एम्बुलेन्स र अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.