मेचीनगर नगरपालिका वडानम्वर ७ का वडाध्यक्ष चन्दन मेचे को २०७८ जेठ ८ गते मध्यान्ह १२ बजे निधन भएको छ । कोभिड १९ संक्रमणबाट थलिएका वडाध्यक्ष मेचेलाई १४ दिनअघि उपचारका लागि पुर्णटुङ्ग विर्तासिटी अस्पताल विर्तामोडमा भर्ना गरिएको थियो । उपचारमा संलग्न डक्टर शरद भट्टराईका अनुसार उपचारका क्रममा मध्यान्ह १२ बजे उहाँको निधन भएको हो । आईसियु, एचडियु र भेन्टिलेटरमा उहाँको उपचार हुदैथियो । उहाँको अवस्था निक्कै गम्भीर रहेको थियो ।उहाँको ४ दिनअघि भेन्टिलेटरमा राखेर उपचार भईरहेको थियो ।

























