नेकपा एमालेमा युवा नेता योगेश भट्टराईले कार्बाही, प्रतिशोध र बदलाको राजनीतिले कसैलाई पनि सहि गन्तव्यमा नपुर्याउने बताउनु भएको छ । भट्टराईले आफ्नो पार्टी नेकपा एमाले फुटको संघारमा पुगेपछि आफ्नो फेसबुक पेज मार्फत यो कुरा सार्वजनिक गर्नु भएको छ । पार्टीभित्रको विवाद चर्किएका बेला नेता भट्टराईले आइतबार आफ्ना भनाई सार्वजनिक गर्दै सबैले आफ्नो विगतलाई हेर्न आग्रह गर्नु भएको छ । साथै धैर्य गर्दै संवाद गर्न पनि वहाँको आग्रह छ । वहाँले पार्टी अध्यक्ष केपी ओली तथा वरिष्ठ नेता माधव नेपाल पक्षलाई सांकेतिक रुपमा पार्टी एकता जोगाउन अनुरोध गर्नु भएको छ।
वहाँले भन्नु भएकोछ –‘कार्बाही, प्रतिशोध र बदलाको राजनीतिले आजसम्म कसैलाई सहि गन्तव्यमा पुर्याएको छैन् र पुर्याउँदैन पनि । पौराणिक होस् वा आधुनिक बेलाका युद्धको शिक्षा यहि हो । सबैले आफ्नो विगतलाई हेरौँ। धैर्य गरौ, संवाद गरौ ।’


























