काठमाडौं,जेठ १०। कोरोना संक्रमणबाट नेपाल प्रहरीका एक प्रहरी नायव उपरीक्षक ( डिएसपी)को मृत्यु भएकाे छ।
नेपाल प्रहरी अस्पताल, महाराजगञ्जमा उपचाररत् डिएसपी समिरचन्द्र खरेलको मृत्यु भएको अस्पताल स्रोतले जानकारी दिएको छ।
खरेलको विगत दुई हप्तादेखि उपचार भइरहेको थियो।
यसअघि प्रहरी अस्पतालमा उपचारकै क्रममा डिएसपी राजकुमार केसीको मृत्यु भएको थियो।
दोस्रो लहरको कोरोना सुरु भएसँगै नेपाल प्रहरीका चार जनाले ज्यान गुमाएका छन् । जसमा दुई डिएसपी र दुई असई छन्।

























