ओलीविरुद्धको संघर्षमा खनाल–नेपाल समूह एकजुट : योगेश, गोकर्ण पनि उभिए

A notice in Nepali from Mechinagar Ward No. 10

१२ जेठ, कामाण्डौं। नेकपा (एमाले)का कारबाहीमा परेका झलनाथ खनाल, माधवकुमार नेपालसहित १५ जना नेताहरूले सामूहिक वक्तव्य निकालेर प्रधानमन्त्री केपी शर्मा ओलीका पछिल्ला कदमविरुद्ध एकजुट हुन आग्रह गरेका छन् ।

संसद् विघटनविरुद्ध अदालत जान आनाकारी गरेका योगेश भट्टराई र गोकर्ण विष्ट ओलीविरुद्धको संघर्ष आह्वानमा उभिएका छन् ।

पछिल्लो समय एमालेका निवर्तमान सचिवसमेत रहेका योगेश भट्टराई पार्टी मिलाउन सक्रिय रहेका थिए । काठमाडौंका याक एण्ड यति होटलमा अबेर रातिसम्म पार्टी विवाद साँघुर्‍याउने विषयमा छलफल भएको थियो ।

तर, भोलिपल्ट मध्याह्न नहुँदै भाँडिएको थियो । त्यो दिन दुवै पक्षलाई छलफलमा बस्ने वातावरण बनाउन योगेशले पनि भूमिका खेलेका थिए ।

वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपालसहित २६ सांसद कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन तयार हुँदै गठबन्धनका पक्षमा उभिँदा योगेशले शीतल निवास जानु वाञ्छनीय ठानेका थिएनन् ।

“मेरो राजनीतिक जीवनकै सबैभन्दा कठिन दिन आज । नेकपा एमालेको एकतालाई जोगाउन सकिन्छ कि भन्ने आशाले मैले आजको निर्णय लिएको हुँ । सही गरेंकी, गलत गरें इतिहासको कठोर मूल्याङ्कनमा खडा छु,” नेपालसहितका नेता शीतल निवासबाट फर्किएपछि योगेश भट्टराईले फेसबुकमा लेखेका थिए ।

यता गोकर्ण विष्ट पनि पछिल्लो समय पार्टी मिलाउन नै केन्द्रित थिए । कार्यदलमार्फत् विवाद साँघु¥याउनुपर्ने उनको भनाइ थियो । र त, उनी राष्ट्रपति विद्यादेपी भण्डारीको आह्वानअनुसार विपक्षी गठबन्धनका नेता देउवालाई प्रधानमन्त्री प्रस्ताव गर्दै शीतल निवास जान र संसद् विघटनविरुद्ध अदालत जान दुवैतिर छलिएका थिए ।

तर, आज दुवै नेता ओलीविरुद्धको मोर्चामा जोडिएका छन् । आजको वक्तव्यले खनाल–नेपाल समूहका सबै स्थायी कमिटी सदस्य एक ठाउँमा उभिएको सन्देश दिएको नेताहरूले बताएका छन् ।

प्रेस-वक्तव्य-जेठ-१२-२०७८

 

१२ खरीबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.