१४ जेठ, काठमाण्डौं । सरकारी चिकित्सक संघ(गोदान)ले भेरी अस्पतालको कोभिड आइसियु कक्षमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हातपात गर्दै ज्यान मार्ने प्रयास गरेको भन्दै ध्यानाकर्षण भएको जनाएको छ ।
चिकित्सक तथा स्वास्थ्यकर्मीले महामारीको समयमा कठिनाइका बाबजुद निरन्तरता दिइरहेका बेला उपचारमा बाधा पुर्याउने, चिकित्सक लगायत स्वास्थ्यकर्मीहरूमाथि हातपात, गालीगलौज र ज्यान मार्ने प्रयास गरी अमानवीय हर्कतप्रति गोदानका अध्यक्ष डाक्टर रविन खड्का र महासचिव डाक्टर कीर्तिपाल सुवेदीद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा घोर भत्सर्ना गरिएको छ ।
शुक्रबार जारीको विज्ञप्तीमा गोदानले चिकित्सक तथा स्वास्थ्यकर्मीको सुरक्षामा गम्भीर भई सम्बन्धित अपराधीलाई हदैसम्मको अपराध मुद्दा चलाइ कडा कारबाही गर्न समेत सरकारसँग माग समेत गरेको छ । यस्तै गोदानले ‘गैर जमानती हिरासत’को नियम तत्काल लागू गर्न सरकार आग्रह गरेको छ ।

























