१४ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचनका लागि सबै दललाई सरकारमा सहभागी हुन आग्रह गर्नु भएको छ ।
शुक्रबार राष्ट्रका नाममा सम्बोधन गर्दै उहाँले आफूले परिणामलाई नभई लोकतान्त्रिक प्रणालीलाई ध्यानमा राखेर निर्वाचन घोषणा गरेको भन्दै सबै दललाई सरकारमा सहभागी हुन आग्रह गर्नु भएको हो ।
प्रधानमन्त्री ओलीले निर्वाचनमा जानुलाई प्रतिगमन भन्न नमिल्ने भन्दै ताजा जनादेशलाई अस्वीकार नगर्न आग्रह गर्नुभयो ।
प्रतिनिधिसभा पुरै अवधि चलोस् भन्नेमा आफूले कुनै कसर बाँकी नराखेको भन्दै प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा पुरै अवधि चल्नु र सरकारले जेनतेन ५ वर्ष पूरा गर्दा मात्र राजनीतिक स्थिरता नहुने जिकिर गर्नुभयो ।
























