मेचीनगर कोभिड १९ को खोप खरिद गर्न तयार : माग्यो संघीय सरकारसँग अनुमति

A notice in Nepali from Mechinagar Ward No. 10

मेचीनगर, १४ जेठ ÷ कोभिड १९ को संक्रमण दर बढिरहेका बखत मेचीनगर नगरपालिकाले आफ्ना नगरवासीका लागि खोप ल्याउने तयारी गरेको छ । यसका लागि स्थानीय सरकार मेचीनगर नगरपालिकाले संघीय सरकारसंग अनुमति
माग गरेको छ ।
स्थानीय तहले खोप किन्न पाउने ब्यवस्था संघीय सरकारले नीतिगत रुपमा नै गरिदिनु पर्ने भएकाले नगरपालिकाले संघीय सरकारसँग यस्तो माग गरेको हो । कोभिड १९ का कारण कुनै पनि नगरवासीले मृत्युवरण गर्न बाँध्य हुनु नपरोस भनेर नगरबासीको जीवन रक्षाका लागि नगरपालिकाले आफ्नै स्रोतबाट खोप किन्ने तयारी गरेको नगरप्रमुख विमल आचार्यको भनाई छ ।
नगरकार्यपालिकाको बैठकले कोभिड १९ बिरुद्धको खोप खरिद गर्ने निर्णय गरेको नगर प्रमुख आचार्यको भनाई छ । नगरपालिकाबाट पहिलो डोज लिएका धेरैले दोस्रो डोज लिन नपाएका कारण नगरपालिकाले आफैं खोप खरिद गर्न आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्राचार गर्ने समेत नगरप्रमुख आचार्यले बताउनुभयो ।
सरकारले खोप खरिद गरेर दिन नसक्ने अवस्था सिर्जना हुने हो भने नगरपालिका स्थानीय सरकार खोप खरिद गर्न तयार रहेको उहााँके भनाई छ । मेचीनगरमा कोरोना संक्रमण तिब्र रुपमा फैलिएको छ भने अहिलेसम्म १५ जनाले कोरोनाकै कारण ज्यान गुमाइसकेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.