गणतन्त्र दिवसका अवसरमा ताप्लेजुङ कारागारबाट ६ कैदी छुटे

A notice in Nepali from Mechinagar Ward No. 10

ताप्लेजुङ,जेठ १५ । गणतन्त्र दिवसका अवसरमा ताप्लेजुङ कारागारबाट ६ जना कैदी छुटेका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिशमा भुक्तान हुन बाँकी कैद कट्टागरि माफी मिनाहा गरिदिएको हो ।

कारागार प्रमुख कुलेन्द्र खवासका अनुसार माफि मिनाहा पाउनेमा मेरिङदेन गाउँपालिका–४ का डिल्ली लंवा लिम्बू रहेका छन् । उनको १ वर्ष ११ महिना १४ दिन कैद कट्टा गरिएको छ ।

यस्तै फुङ्लिङ नगरपालिका–३ का प्रदिप न्यौपानको ५ महिना १० दिन, फुङ्लिङ नगरपालिका–९ का मनकुमार रेग्मीको ४ महिना १७ दिन, मिक्वाखोला गाउँपालिका–३ का साजन शेर्पाको १ वर्ष ८ महिना १७ दिन बाँकी कैद कट्टा गरिएको प्रमुख कुलेन्द्र खवासले जानकारी दिए ।

उता मैवाखोला गाउँपालिका –४ का कुमार लिम्बू र मनबहादुर लिम्बूलाई ५ वर्ष कैद घोषणा गरिएकोमा २ वर्ष ३ महिना २६ दिन बाँकी कैद मिनाहा गरिएको छ । उनिहरुलाई विहान १० बजे पछि मुक्त गरिने बताईएको छ । उनिहरु मुक्त भएसँगै अब जिल्ला कारागारमा १ सय ४५ जना थुनुवा र कैदी रहनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.