सिंगापुरलाई उछिन्यो नेपालले : खराब मुलुकको सूचीमा ५३ औं स्थानमा उक्लियो

A notice in Nepali from Mechinagar Ward No. 10

सरकारले निषेधाज्ञा खुकुलो पार्दै शिक्षालय र थिएटरबाहेक सबै क्षेत्र खुला गर्नु अघिल्लो दिन नेपालमा सबैभन्दा धेरै संक्रमित पहिचान भए। बुधवार १ हजार ५ सय ३९ जना संक्रमित भेटिए भने बिहीवारबाट रेस्टुराँसमेत खुला हुँदैछ।

संक्रमणले यस्तो रफ्तार लिइरहँदा नेपालले कोरोना संक्रमणका कारण खराब अवस्था झेलिरहेका मुलुकको सूचीमा आफूलाई थप माथि पुर्‍याएको छ। नेपालले उज्बेकिस्तान, नाइजेरिया र सिंगापुरलाई पछि पारेको हो। संक्रमितको संख्याका आधारमा अब नेपालभन्दा अगाडी कोस्टा रिका, बहराइन, भेनेजुएला, पोर्चुलग आदि रहेका छन्।

लामो समयसम्म ६० भन्दा पछाडिको सूचीमा रहेको नेपाल खराब मुलुकहरुको सूचीमा क्रमश अगाडि बढेको हो। नेपालमा हिजो थपिएका संक्रमितको संख्यासँगै विश्वको यो सूचीमा ५३ औं स्थानमा उक्लिएको हो। ५४ औं स्थानमा सिंगापुर रहेको छ।

सिंगापुरमा अहिलेसम्म ५७ हजार ५ सय १४ जना संक्रमित छन् भने त्यहाँ २७ जनाले ज्यान गुमाएका छन्। नेपालमा संक्रमितको संख्या ५८ हजार ३ सय २७ पुगेको छ। नेपालमा ३ सय ७९ जना संक्रमितको ज्यान गइसकेको छ।

खराब मुलुकको सूचीमा पहिलो स्थानमा अमेरिका छ भने दोस्रो स्थानमा भारत र तेस्रो स्थानमा ब्राजिल रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.