निजी क्षेत्रद्वारा आ.ब. २०७८/०७९ को बजेटको स्वागत

A notice in Nepali from Mechinagar Ward No. 10

१५ जेठ, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले बजेट समग्रमा राम्रो भएको प्रतिक्रिया दिएका छन् । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०७८/०७९ को बजेटबारे प्रतिक्रिया दिदै अप्ठेरो अवस्थामा आएको बजेट भएका कारण यत्तिको बजेटलाई राम्रै मान्नु पर्ने बताए ।

निजी क्षेत्रले दिएका सबै सुझावहरु नसमेटिए पनि अप्ठेरो अवस्थामा आएका कारण नराम्रो भन्न नसकिने उनको भनाई छ । ‘हामीले जुनबेला सुझाव दिएका थियौं, त्यसबेला यस्तो अवस्था थिएन’ उनले भने, ‘यो सरकार चुनावी सरकार वा विषे परिस्थितिको सरकार हो, बेलामा धेरै अपेक्षा गर्न सक्ने पनि कुरा भएन, यो बजेट समग्रमा राम्रो छ ।’

बजेट राम्रो भए पनि कार्यान्वयन पक्षमा भने उनले आशंका गरे । विगतका बजेटहरुमा पनि राम्रो आए पनि कार्यान्वयन पक्ष फितलो रहेको भन्दै उनले यस वर्ष पनि फरक नहुने बताए । ‘विगतका वर्षमा देखिदै आएको समस्इा हो कार्यान्वयनको, यो समस्या यस वर्ष पनि यथावतै रहन्छ’ उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.