आम्दा मेची अस्पतालको स्तरोन्नतीमा सहयोग गर्न आग्रह

A notice in Nepali from Mechinagar Ward No. 10

 

मेचीनगर, १६ जेठ / आम्दा मेची अक्सिजन प्लाण्ट जडान तथा अस्पताल स्तरोन्नती अभियानमा सहभागी भई साथ सहयोगका लागि सम्बन्धित सवैमा आग्रह गरिएको छ।
मेचीनगर नगरपालिका सहित झापाका अन्य अस्पतालहरुमा समेत अक्सिजनको चरम अभावलाई परिपूर्ति गर्दै सहज अक्सिजन आपूर्तिमा टेवा पुर्याउने उद्देश्यले रोटरी क्लब अफ मेचीनगरको सहजिकरण तथा रोटरी क्लब अफ काँकरभिट्टाको अगुवाईमा मेचीनगर नगरपालिका र मेची उद्योग वाणिज्य संघको संयुक्त पहलमा मेचीनगर–१०, धुलाबारी स्थित आम्दा मेची अस्पताल परिसरमा अक्सिजन प्लाण्ट स्थापना, सञ्चालनको तयारी भइरहेको छ ।
आइतवार रोटरी क्लब अफ मेचीनगर, रोटरी क्लब अफ काँकरभिट्टा, र मेची उद्योग वाणिज्य संघले संयुक्त रुपमा आयोजना गरेको पत्रकार सम्मेलनमा उक्त आग्रह गरिएको हो । मेची उद्योग वाणिज्य संघका अध्यक्ष ऋषिराज तिम्सिनाले अस्पतालको अन्य भौतिक पूर्वाधार निर्माण तथा मर्मत सम्भार समेतका लागि आवश्यक १ करोड ५० लाख मध्ये मेचीनगर नगरपालिकाको तर्फबाट २५ लाख, मेची उद्योग वाणिज्य संघबाट १५ लाख, झापाका रोटरी क्लबहरु तथा रोटरी ईन्टरनेशनलका तर्फबाट ३५ लाख समेत गरी ७५ लाख रुपैयाँ व्यवस्थापन गरि अक्सिजन प्लाण्ट स्थापना सम्बन्धि सम्झौता सम्पन्न भईसकेको पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।


अभियानका लागि थप अपुग रकम ७५ लाख मेची उद्योग वाणिज्य संघको अगुवाईमा अन्य सहयोगी दाताहरुबाट संकलन गरिने लक्ष्य लिइएको पत्रकार सम्मेलनमा वितरीत प्रेस विज्ञप्तीमा उल्लेख छ । अभियानलाई सफल पार्न सहयोगका लागि सहयोगी दाताहरुलाई उहाँले रोटरी क्लब अफ मेचीनगर, रोटरी क्लब अफ काँकरभिट्टा, मेचीनगर नगरपालिका र मेची उद्योग वाणिज्य संघकोतर्फबाट आग्रह समेत गर्नुभयो ।
अध्यक्ष तिम्सिनाले अक्सिजन प्लाण्ट जडान ७५ लाख ,अक्सिजन प्लाण्ट गृह निर्माण ५ लाख, अस्पताल भवनमा अक्सिजन पाईपलाइन विस्तार ५ लाख अक्सिजन सिलिण्डर खरिद १०० थान १५ लाख, अक्सिजन प्लाण्ट सञ्चालनमा आवश्यक जेनेरेटर (१५ के.भि.ए.) खरिद १२ लाख, भिडियो एक्स–रे मेसिन खरिद तथा जडान २० लाख , अस्पतालमा रहेका बेड, ल्याब तथा अन्य उपकरणहरु मर्मत तथा खरिद १० लाख र एनालाईजर मेसिन खरिद तथा जडान ८ लाख खर्च हुने प्रारम्भिक अनुमान रहेको पत्रकार सम्मेलनमा बताउनुभयो । मेचीनगरमा नै सरल, सहज र भरपर्दो स्वास्थ्य सेवा उपलव्ध गराउने उद्देश्यले मेचीनगर नगरपालिका, मेची उद्योग वाणिज्य संघ र आम्दा नेपालको त्रिपक्षीय सहभागितामा आम्दा मेची अस्पताल निर्माण एवम् सञ्चालनको अवधारणा अघि बढेको थियो ।
मेचीनगरका क्षेत्रका वासिन्दाहरुले स्थानीय स्तरमा भरपर्दो स्वास्थ्य सेवा प्राप्त गर्ने स्वास्थ्य संस्थाको अभावमा भारतीय महङ्गो अस्पताल र निजी क्लिनिकहरु धाउनुपर्ने वाध्यताले कयौं रोगग्रस्त व्यक्ति तथा तिनका आफन्तहरुले स्वास्थ्योपचारका नाममा ठूलो धनराशी विदेश पठाउने विवशता कायम रहेको तत्कालिन अवस्थाको अन्त्य गर्न आम्दा मेची अस्पताल निर्माणका लागि मेचीनगर–१०, झापाका स्थानीय जग्गादाता श्रीमति पद्मा खनाल, स्व. नरेन्द्र खनाल र विरेन्द्र खनालबाट निःशुल्क रुपमा प्राप्त २ विगाहाभन्दा बढि जमिनमा निर्माण गरिएको आम्दा मेची अस्पताल भवन २०६५ मंसिर २० गते नेपालका लागि तत्कालिन जापानी राजदुत ताक्सुओ मिजुनोबाट अस्पतालको विधिवत उद्घाटन भई सेवा सुचारु भएको थियो ।


अस्पतालमा आवश्यकता अनुरुप विशेषज्ञता सहितको स्वास्थ्योपचार सेवा, यन्त्र, उपकरणहरुको अभाव लगायतका कारणबाट अस्पतालको सेवा विगतमा २ वर्षभन्दा बढि प्रभावित बन्न पुगेको थियो । आम्दा मेची अस्पतालको सेवालाई गुणस्तरिय, प्रविधियुक्त बनाई अस्पतालबाट विशेषज्ञ डाक्टरहरुको सेवा प्रवाह गर्न र अस्पतालबाट प्राविधिक शिक्षा (ल्याब असिस्टेन्ट) को कक्षा समेत सञ्चालन गर्ने योजनाका साथ मेचीनगर नगरपालिका, मेची उद्योग वाणिज्य संघ र आम्दा नेपालका तर्फबाट आवश्यक पहल सहित अस्पतालको सेवा पूनः सुचारु अवस्थामा रहेको छ विज्ञप्तीमा जनाईएको छ ।
विश्वव्यापि महामारीको रुपमा फैलिएको कोभिड–१९ का कारण हाल मानविय स्वास्थ्य अवस्था झन जटिल अवस्थामा पुगेको छ । यस महामारीबाट हाम्रो देशजस्तो अल्प विकसित मुलुकका वासिन्दाहरुको स्वास्थ्य उपचार झन विकराल अवस्थाबाट गुज्रिरहेको छ । कोभिडको दोश्रो लहरसँगै स्वास्थ्य उपचारका लागि आवश्यक अक्सिजनको अभावमा कयौं मानिसहरुले ज्यान गुमाउनु परिरहेको तीतो यथार्थ हामीसामु रहेको छ पत्रकार सम्मेलनमा वितरीत प्रेस विज्ञप्तीमा भनिएको छ ।
पत्रकार सम्मेलनमा रोटरी क्लब अफ मेचीनगरका कपिल क्षेत्री रोटरी क्लब अफ काँकरभिट्टा अध्यक्ष नवराज खनियाँ र मेची उद्योग वाणिज्य संघ वरिष्ठ उपाध्यक्ष मोहन निरौला महासचिव ध्रुव कनाल, सचिव रविचन्द्र नेपाललगयातले पत्रकारहरुले सोधेको प्रश्नको जवाफ दिनुभएको थियो । पत्रकार सम्मेलनमा मोहन काजी, ज्ञानेन्द्र निरौला, मुक्ति पौडेल, लक्ष्मी उप्रेतीलगायतका विभिन्न विषयमा जिज्ञाशा राख्नुभएको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.